News Portal

हाईकिङ गएका १७ वर्षीय एक युवक पानीमा डुबेर मृत्यु

हिमालीसंचार संवाददाता
१७३ पटक

युवा राई/हङकङ – हङकङ गत जुलाईमा हाईकिङ गएका एक नेपाली युवती पानी डुबेर मृत्यु भएको पोखरीमा डुबेर फेरि एक १७ बर्षीय नेपाली युवकको मृत्यु भएको छ।

तीन जना पाकिस्तानीहरु चुन वानस्थित (हाईकिङ) पैदल यात्रामा गएका थिए। दिउँसो करिब ४ बजे पानी पोखरीमा खेल्न गएका १७ वर्षीय युवक बेपत्ता भए । उनीहरुले साथी डुबेको आशंकामा उद्धारको लागि प्रहरीलाई खबर गरेका थिए । 

खबर पाएलगत्तै आएको फायर डिपार्टमेन्टको उद्धार टोलीले ३ मिटर गहिरो पोखरीबाट डुबेका युवकको उद्धार गरेको थियो। अस्पतालमा पुर्याइएका उनलाई चिकित्सकले साँझ ६ बजेर ५२ मिनेटमा मृत घोषित गरेका थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो झरनाको पोखरीमा विगतमा धेरै दुर्घटना भएका छन्। यसै पोखरीमा गत वर्ष जुलाई २४ तारिख एक २३ वर्षीया नेपाली युवतीको समेत डुबेर मृत्यु भएको थियो।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...