News Portal

याक एण्ड यती र ह्यातका सञ्चालक राधेश्याम सराफको निधन

हिमालीसंचार संवाददाता
१५९ पटक

काठमाडौं – याक एन्ड यती र हायात रिजेन्सी होटलका सञ्चालक राधेश्याम सराफको निधन भएको छ। भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

९२ वर्षीय सराफ विगत एक महिनादेखि नयाँदिल्लीमा उपचाररत थिए। उनको शव चार्टर्ड विमानबाट काठमाडौं ल्याएर आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।

सन् १९३० सालमा भारतको गुवाहाटीमा जन्मिका सराफ काठमाडौंको दुई प्रसिद्ध पाँचतारे होटल ह्यात र याक एण्ड यतीका संस्थापक तथा सञ्चालकसमेत हुन्। उनले सन् १९६३ यता भारतबाट काठमाडौं आइ नियमित रुपमा बस्दै आएका थिए।

उनका दुई जना छोराहरू रहेको छन्। सराफले दरबारमार्गमा सन् १९७७ सालमा याक एण्ड यती होटल स्थापना गरेका थिए ।यस्तै, सन् १९९० सालमा सराफले तारागाउँ पर्यटन विकास बोर्डको स्वामित्वमा रहेको बौद्धस्थित तारागाउँ होटल हायात रिजेन्सी काठमाडौंको स्वामित्व लिएका थिए।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...