News Portal

  • याक एण्ड यती र ह्यातका सञ्चालक राधेश्याम सराफको निधन

    हिमालीसंचार संवाददाता
    ११५ पटक

    काठमाडौं – याक एन्ड यती र हायात रिजेन्सी होटलका सञ्चालक राधेश्याम सराफको निधन भएको छ। भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

    ९२ वर्षीय सराफ विगत एक महिनादेखि नयाँदिल्लीमा उपचाररत थिए। उनको शव चार्टर्ड विमानबाट काठमाडौं ल्याएर आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।

    सन् १९३० सालमा भारतको गुवाहाटीमा जन्मिका सराफ काठमाडौंको दुई प्रसिद्ध पाँचतारे होटल ह्यात र याक एण्ड यतीका संस्थापक तथा सञ्चालकसमेत हुन्। उनले सन् १९६३ यता भारतबाट काठमाडौं आइ नियमित रुपमा बस्दै आएका थिए।

    उनका दुई जना छोराहरू रहेको छन्। सराफले दरबारमार्गमा सन् १९७७ सालमा याक एण्ड यती होटल स्थापना गरेका थिए ।यस्तै, सन् १९९० सालमा सराफले तारागाउँ पर्यटन विकास बोर्डको स्वामित्वमा रहेको बौद्धस्थित तारागाउँ होटल हायात रिजेन्सी काठमाडौंको स्वामित्व लिएका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...