News Portal

मोरङ जिल्लाको रंगेली नगरपालिकामा प्रथम अन्तरपालिका मेयर कप फूटबल प्रतियोगिता सुरु

हिमालीसंचार संवाददाता
३२४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकाको आयोजनामा अन्तरपालिका मेयर कप फूटबल प्रतियोगिता शुरु भएको छ। रंगेली ७ स्थित जनता क्याम्पसको खेल मैदानमा उक्त प्रतियोगिता चैत्र ६ गतेदेखि १४ गतेसम्म आयोजना हुने आयोजकले जनाएको छ ।

यस प्रतियोगितामा रंगेली नगरपालिका, बेलवारी नगरपालिका, मिक्लाजुम गाँउपालिका, सुनवर्षी नगरपालिका, धनपालथान गाउँपालिका, कानेपोखरी गाउँपालिका, ग्रामथान गाउँपालिका र बुढीगंगा गाँउपालिका ७ गरी वटा पालिकाको खेलाडीहरुले भाग लिएका छन । 

उद्घाटन कार्यक्रमको प्रमुख अतिथि पूर्व मन्त्री तथा प्रदेश सभासद क्षेत्र नं ५ ‘ख’ का  लिलाबल्लभ अधिकारी, नगर प्रमुख दिलिपकुमार अग्रवाल, उपमेयर केशव कुमारी खराल, प्रशासकीय अधिकृत नवराज कार्की, विभिन्न पालिकाको  वडाअध्यक्ष, इलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्का, समाजसेवी, बुद्धिजीवी लगायतको विशेष उपस्थित रहेको थियो । 

प्रतियोगिताको विजेताले नगद रु. १  लाख ५० हजार र उपविजेताले ८६ हजार, प्रमाणपत्र, सिल्ड, र म्यान्दि म्याच प्रत्येक दिन १५ सय रुपैयाँ, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल गर्ने, उत्कृष्ट गोल किपरहरुलाई समेत नगद पुरस्कारको व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको  छ ।    

आज भएको पहिलो खेलमा बेलबारी नगरपालिका र मिक्लाजुङ नगरपालिका बिच भएको थियो । खेलमा पहिलो हाप्मा १ गोल अन्तरले बेलबारी नगरले अग्रता लिएको थियो । त्यसको केही समयपछि मिक्लाजुङ नगरले एक गोल फर्काउदा खेल बराबर भएको थियो । खेलको मध्यन्तरपछि बेलबारी नगरले पुनः अर्को गोल गरेर बिजय हासिल गरेको थियो । भोली सोमबर रंगेली नगरपालिका र धनपालथान गाउँपालिकाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...