News Portal

मोरङ जिल्लाको रंगेली नगरपालिकामा प्रथम अन्तरपालिका मेयर कप फूटबल प्रतियोगिता सुरु

हिमालीसंचार संवाददाता
२६७ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकाको आयोजनामा अन्तरपालिका मेयर कप फूटबल प्रतियोगिता शुरु भएको छ। रंगेली ७ स्थित जनता क्याम्पसको खेल मैदानमा उक्त प्रतियोगिता चैत्र ६ गतेदेखि १४ गतेसम्म आयोजना हुने आयोजकले जनाएको छ ।

यस प्रतियोगितामा रंगेली नगरपालिका, बेलवारी नगरपालिका, मिक्लाजुम गाँउपालिका, सुनवर्षी नगरपालिका, धनपालथान गाउँपालिका, कानेपोखरी गाउँपालिका, ग्रामथान गाउँपालिका र बुढीगंगा गाँउपालिका ७ गरी वटा पालिकाको खेलाडीहरुले भाग लिएका छन । 

उद्घाटन कार्यक्रमको प्रमुख अतिथि पूर्व मन्त्री तथा प्रदेश सभासद क्षेत्र नं ५ ‘ख’ का  लिलाबल्लभ अधिकारी, नगर प्रमुख दिलिपकुमार अग्रवाल, उपमेयर केशव कुमारी खराल, प्रशासकीय अधिकृत नवराज कार्की, विभिन्न पालिकाको  वडाअध्यक्ष, इलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्का, समाजसेवी, बुद्धिजीवी लगायतको विशेष उपस्थित रहेको थियो । 

प्रतियोगिताको विजेताले नगद रु. १  लाख ५० हजार र उपविजेताले ८६ हजार, प्रमाणपत्र, सिल्ड, र म्यान्दि म्याच प्रत्येक दिन १५ सय रुपैयाँ, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल गर्ने, उत्कृष्ट गोल किपरहरुलाई समेत नगद पुरस्कारको व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको  छ ।    

आज भएको पहिलो खेलमा बेलबारी नगरपालिका र मिक्लाजुङ नगरपालिका बिच भएको थियो । खेलमा पहिलो हाप्मा १ गोल अन्तरले बेलबारी नगरले अग्रता लिएको थियो । त्यसको केही समयपछि मिक्लाजुङ नगरले एक गोल फर्काउदा खेल बराबर भएको थियो । खेलको मध्यन्तरपछि बेलबारी नगरले पुनः अर्को गोल गरेर बिजय हासिल गरेको थियो । भोली सोमबर रंगेली नगरपालिका र धनपालथान गाउँपालिकाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...