News Portal

अर्जेन्टिनी पूर्व रग्बी खेलाडीको गोली हानी हत्या

हिमालीसंचार संवाददाता
३२८ पटक

एजेन्सी – अर्जेन्टिनाका पूर्वअन्तर्राष्ट्रिय रग्बी खेलाडी  फेडेरिको मार्टिन अराम्बुरूको गोली हानी हत्या भएको छ। ४२ वर्षिय अराम्बुरूको शनिबार बिहान फ्रान्समा गोली हानी हत्या भएको हो।

अर्जेन्टिनाका लागि २२ खेल खेलेका उनले सन् २००७ को रग्बी विश्वकपमा अर्जेन्टिनालाई तेस्रो स्थानमा दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। फ्रान्स विरूद्ध भएको तेस्रो स्थानको खेलमा उनले जादुमयी प्रदर्शन गरेका थिए। 

फ्रान्सेली अखबारका अनुसार उनको बिहान बारमा केही मानिसहरूसँग झगडा परेको थियो। पछि उनीहरू कारमा फर्किएर उनीमाथि गोली हानेका थिए। पेरिस प्रहरीले हत्याबारे अनुसन्धान सुरू गरेको छ। यसैबीच शंकास्पद तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...