News Portal

हङकङ सरकारले कोभिड १९ का कारण रोजगार गुमेकालाई १० हजार हङकङ डलर दिने

हिमालीसंचार संवाददाता
३७४ पटक

युवा राई हङकङ/-हङकङ सरकारले कोभिड-१९ महामारीका कारण जागिर गुमेकालाई १० हजार हङकङ डलरको आर्थिक सहायता उपलब्ध गराउंने प्रक्रिया शुरु गरेको छ। नीति आविष्कार र समन्वय कार्यालयकी प्रमुख डोरिस हो पुइ-लिङले शुक्रवार १० हजार हङकङ डलरको अस्थायी बेरोजगार राहतको विवरण घोषणा गरेकी छन्।उनले बेरोजगार व्यक्तिहरू चाहे पार्ट टाइम होस् वा स्व-रोजगारमा कुनै उद्योग प्रतिबन्धबिना आवेदन दिन योग्य हुने बताएकी छन्।

१ अक्टोबर २०२१ देखि ३१ डिसेम्बर २०२१ सम्मको तीन महिनाको अवधिमा कम्तिमा एक महिना हङकङमा काम गरेर जागिर गुमाउंने १८ वर्षमाथिका व्यक्तिले आवेदन दिन पाउंने छन्। बेरोजगार हुनुअघि मासिक तलब ३० हजार भन्दा कम हुनु पर्नेछ। त्यसभन्दा बढी तलब पाएका व्यक्तिले आवेदन भर्न पाउंने छैनन्।

आवेदन दिने मिति २३ मार्च बिहान ८ बजेदेखि १२ अप्रिल ११.५९ बजेसम्म रहेको छ।स्वीकृत भएका आवेदकलाई एसएमएस र इमेलद्वारा सूचित गरिने जनाएको छ। योग्य आवेदकहरूले आवेदन पेश गरेको तीनदेखि चार हप्तापछि पैसा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...