News Portal

मन्त्रीहरुले मृत्युपश्चात अंगदान गर्ने धोषणा, मृगौला, कलेजो र मुटु रोग परिक्षण निःशुल्क

हिमालीसंचार संवाददाता
२३५ पटक

काठमाडौं – नेपाल सरकारका सबै मन्त्रीले मृत्युपश्चात अंगदान गर्ने घोषणा गरेका छन्। मृत्युपश्चात आफ्नो शरीरको अंगदान गर्ने घोषणा गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद्‌को बैठकमा सबै मन्त्रीले पनि सोही निर्णय कार्यान्वयन गर्ने भएका हुन्।

स्वास्थ्य सेवा दिवस २०७८ सालको अवसर पारी मन्त्री खतिवडाले क्याविनेटमा अंगदानको प्रस्ताव लगेका थिए। उक्त प्रस्ताव मुख्यसचिव शंकरदाश बैरागीले पनि अंगदानको घोषणा गरेका थिए।

यस्तै, मन्त्रिपरिषद् बैठकले जेष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्तावलाईसमेत स्वीकृत गरेको छ। अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदलमार्फत काम अघि बढाइसकेको छ।

यस्तै, ५० वर्षभन्दा माथि उमेर समूह अन्तरगत जेष्ठ नागरिकहरुको मृगौला, कलेजो र मुटु रोगसम्बन्धी परीक्षणहरु सरकारले वर्षको एकपटक नागरिकले निशुल्क रुपमा परिक्षण गर्ने निर्णय पनि गरेको छ। यसको लागि मन्त्रालयले प्रस्ताव अघि सारेको थियो। अन्नपूर्ण पोष्टले लेखेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...