News Portal

रंगेलीमा आगलागी हुदाँ तीन घर जलेर नष्ट

हिमालीसंचार संवाददाता
२७९ पटक

रबिन्द्र बराल – मोरङ रंगेली नगरपालिका २ स्थित कमल झोडामा आगलागी हुन तीन घर जलेर नष्ट भएको छ। गएराती आगलागी हुदा साेहि स्थान बस्ने राज कुमार भुजेलको १ तले १ कोठे घरमा आगलागि हुदा भुजेलकाे मुल घर गाईगुवाली र भान्सा घर समेतमा आगलागी हुदा नगद चालिस हजार रुपैयाँ चाँदी २० तोला अन्नपात भाडा वर्तन लत्ता कपडा गरी जम्मा अन्दाजी तीनलाख बराबरको क्षति भएको छ।

त्यसै गरि छिमेकी बिष्णु रिषिदेवको घर २ वटागाई गुवाली र भान्सा समेत जलेर नष्ट भएको छ। घर धनीको भनाई अनुसार नगद छाठ्ठी हजार अन्नपात लत्ताकपडा भाडा वर्तन गरी तिन लाख पच्चास हजार बराबरको क्षति भएको छ। त्यसैगरी छिमेकी दिप लाल रिषिदेवको घरकाे भान्सा घर पुर्ण जली क्षति भएको प्रहरीले जनाएको छ।

निजको नगद एक लाख चाँदी २२ तोला र सुन चारआना, अन्नपात, लत्ता कपडा भाडावर्तन गरी दुई लाख पच्चास हजार गरि जम्मा नौ लाख बराबरको क्षति भएको छ। साे आगाे नियन्त्रणका लागि स्थानीय नेपाल प्रहरी रंगेली नगरपालिकाको दमकल, बेलबारीको दमकल र सुन्दर हरैचाकाे दमकलले राति ९ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको ईलाका कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्काले बताए।

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...