News Portal

रंगेलीमा आगलागी हुदाँ तीन घर जलेर नष्ट

हिमालीसंचार संवाददाता
२४७ पटक

रबिन्द्र बराल – मोरङ रंगेली नगरपालिका २ स्थित कमल झोडामा आगलागी हुन तीन घर जलेर नष्ट भएको छ। गएराती आगलागी हुदा साेहि स्थान बस्ने राज कुमार भुजेलको १ तले १ कोठे घरमा आगलागि हुदा भुजेलकाे मुल घर गाईगुवाली र भान्सा घर समेतमा आगलागी हुदा नगद चालिस हजार रुपैयाँ चाँदी २० तोला अन्नपात भाडा वर्तन लत्ता कपडा गरी जम्मा अन्दाजी तीनलाख बराबरको क्षति भएको छ।

त्यसै गरि छिमेकी बिष्णु रिषिदेवको घर २ वटागाई गुवाली र भान्सा समेत जलेर नष्ट भएको छ। घर धनीको भनाई अनुसार नगद छाठ्ठी हजार अन्नपात लत्ताकपडा भाडा वर्तन गरी तिन लाख पच्चास हजार बराबरको क्षति भएको छ। त्यसैगरी छिमेकी दिप लाल रिषिदेवको घरकाे भान्सा घर पुर्ण जली क्षति भएको प्रहरीले जनाएको छ।

निजको नगद एक लाख चाँदी २२ तोला र सुन चारआना, अन्नपात, लत्ता कपडा भाडावर्तन गरी दुई लाख पच्चास हजार गरि जम्मा नौ लाख बराबरको क्षति भएको छ। साे आगाे नियन्त्रणका लागि स्थानीय नेपाल प्रहरी रंगेली नगरपालिकाको दमकल, बेलबारीको दमकल र सुन्दर हरैचाकाे दमकलले राति ९ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको ईलाका कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्काले बताए।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...