News Portal

सवितादेवि ट्रसले गरिव परिवारकाे विवाह गरिदिए

हिमालीसंचार संवाददाता
२१४ पटक

माेरङ – रबिन्द्र बराल -२०७१ सालमा स्थापना भएको सबिता देवि अग्रवाल ट्रसले माेरङकाे रंगेली नगरपालिका ९ स्थित दाेहमना वजार नजिकै रहेको बगान टाेलकाे सुकुम्बासी बस्तिमा बसाेवास गर्दे आईरहेका देव नारायण ऋसिदेवकाे परिवर अतिविपन्न रहेको र जेठ्ठि छाेरीकाे विवहाका लागि आर्थिक अभावका कारण पुजा ऋिषिदेव विवहा सबिता देवि ट्रसले गराई दिएको छ।

देवनारायणले आफ्नो छाेरीकाे विवहा ईनरुवा नगरपालिका ३ का विजय ऋिषिदेव संग गराएका हुन। आफ्नो आर्थिक अभाव नभएकाे र आफुले सवितादेवि ट्रसलाई जानकारी गराए पछि बिवहामा लाग्ने खाना खर्च देखि बेहुलीलाई चाहिने जति सामान ट्रस बाटै दिएर छाेरीकाे विवहा सम्पन्न भएको उनलेे बताए।

 

ट्रसले बिगत ४ बर्ष देखि गाउँ घरमा रहेका गरिव परिवार तथा अतिविपन्न परिवारहरुलाई हरेक सहयोग गर्दे आईरहेता पनि पछिल्लो समयमा उक्त संस्थाले गरिव परिवार भए कै कारण छाेरी बिवहा नहुने भएको हुनाले बिवहा गर्ने उमेर भई सकेता पनि आर्थिक अभावका कारण बिवहा नहुने जानकारी पाए पछि सहयोग गर्न सुरु गरेको ट्रस का सदस्य राजेश वगडिया ले बताए। आईतबार बिवहा कार्यक्रम सहभागी हुँदै संस्था का सदस्य राजेश शर्मा, समाज सेवि कमल राजवंशी अनिल महेश्री विभिन्न वडा अध्यक्ष लागयतकाे उपस्थितिमा दुलहि लाई साडि, चुरा, पाउजु घडि लुगा फाटा र नगद ११ सय रुपैयाँ समेत दिएका थिए।

भने जन्ति आएका सबै लाई बहुभाेजकाे समेत आयाेजना गरेको थिए। ट्रसले चार बर्षकाे अबधिमा १५ बटा गरिव परिवारकाे विवाह गरिदिए समेत गराई सकेका छन। आगामी दिनमा पनि भने गरिव परिवारका छाेरीहरुकाे विवाह गरिदिए गरिदै लैजाने र थप गरिव परिवारलाई सहयोग गर्दे जाने राजेश शर्माले बताए।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...