News Portal

गंगाजमुना गाउँ पालिकामा ग्यास प्रगोग बारे जानकारी गराउदै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापा

हिमालीसंचार संवाददाता
४४१ पटक

धादिङ – गंगाजमुना गाउँ पालिकामा प्रज्वलनशिल पदार्थ एल पि ग्यास प्रगोगमा अपनाउनु पर्ने सावधानीहरु संवन्धमा गंगा जमुना गाउँ पालिकाको ढाडाखर्कमा स्थानियहरुलाई जानकारी गराउदै ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले जानकारी दिए।

पछिल्लो समय नेपालका ग्रामीण क्षेत्रहरुमा समेत एलपिजी ग्यासको प्रयोग बढ्दै गएको छ। यद्यपि ग्यास प्रयोगको क्रममा सचेतना अपनाउन नसक्दा दुर्घटना बढ्ने क्रम समेत बढेको छ । ग्यास प्रयोगको सम्बन्धमा सम्बन्धित पक्षबाट प्रयाप्त सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न नसकिएको अहिलेको अवस्थामा स्थानीय निकायहरुले समेत यस्ता सचेतनामूलक कार्यक्रमहरु सञ्चालनमा विशेष चासो राख्नुपर्ने आवश्यकता छ ।

ग्रामीण क्षेत्रमा समेत दाउराको उपयोग घट्दै गएको अहिलेको परिप्रेक्ष्यमा ग्यास सरल माध्यम समेत हो। यद्यपि ग्यास जस्तो संवेदनशिल वस्तुको प्रयोग बारे गम्भीर बन्दै सचेतनामूलक कार्यक्रम सञ्चालनलाई सम्बन्धित निकायहरुले विशेष चासोका साथ अघी बढाउनु जरुरी रहन्छ।
ग्यासबाट हुन सक्ने दुर्घटनामा यससँग सम्बन्धित उपकरणहरु (ग्यास चुल्हो, रवड पाइप, रेगुलेटर लगायत)को समेत विशेष भुमिका रहने कुरालाई विचार गर्दै आधिकारिक डिलरबाट ग्यास खरिद गर्ने तथा गुणस्तरीय सामाग्री प्रयोगबारे पनि सचेतनामूलक कार्यक्रमहरु केन्द्रित हुनु जरुरी छ।

 

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...