News Portal

गंगाजमुना गाउँ पालिकामा ग्यास प्रगोग बारे जानकारी गराउदै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापा

हिमालीसंचार संवाददाता
४७६ पटक

धादिङ – गंगाजमुना गाउँ पालिकामा प्रज्वलनशिल पदार्थ एल पि ग्यास प्रगोगमा अपनाउनु पर्ने सावधानीहरु संवन्धमा गंगा जमुना गाउँ पालिकाको ढाडाखर्कमा स्थानियहरुलाई जानकारी गराउदै ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले जानकारी दिए।

पछिल्लो समय नेपालका ग्रामीण क्षेत्रहरुमा समेत एलपिजी ग्यासको प्रयोग बढ्दै गएको छ। यद्यपि ग्यास प्रयोगको क्रममा सचेतना अपनाउन नसक्दा दुर्घटना बढ्ने क्रम समेत बढेको छ । ग्यास प्रयोगको सम्बन्धमा सम्बन्धित पक्षबाट प्रयाप्त सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न नसकिएको अहिलेको अवस्थामा स्थानीय निकायहरुले समेत यस्ता सचेतनामूलक कार्यक्रमहरु सञ्चालनमा विशेष चासो राख्नुपर्ने आवश्यकता छ ।

ग्रामीण क्षेत्रमा समेत दाउराको उपयोग घट्दै गएको अहिलेको परिप्रेक्ष्यमा ग्यास सरल माध्यम समेत हो। यद्यपि ग्यास जस्तो संवेदनशिल वस्तुको प्रयोग बारे गम्भीर बन्दै सचेतनामूलक कार्यक्रम सञ्चालनलाई सम्बन्धित निकायहरुले विशेष चासोका साथ अघी बढाउनु जरुरी रहन्छ।
ग्यासबाट हुन सक्ने दुर्घटनामा यससँग सम्बन्धित उपकरणहरु (ग्यास चुल्हो, रवड पाइप, रेगुलेटर लगायत)को समेत विशेष भुमिका रहने कुरालाई विचार गर्दै आधिकारिक डिलरबाट ग्यास खरिद गर्ने तथा गुणस्तरीय सामाग्री प्रयोगबारे पनि सचेतनामूलक कार्यक्रमहरु केन्द्रित हुनु जरुरी छ।

 

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...