News Portal

  • फुलखर्क कल्याणकारी समाजकाे साधारण सभा सम्पन्न

    हिमालीसंचार संवाददाता
    ३११ पटक

    धादिङ -गरीब असाय व्यक्तिहरुको सहयोग गर्ने हिसाबले यो फुलखर्क कल्याणकारी संस्था स्थापना गरिएकाे छ। फुलखर्कमा सामाजिक काम गर्ने सस्थाको आवस्कता महसुस गरी फुलखर्क कल्याणकारी समाज स्थापना भएको हाे। सुरु-सुरुमा आर्थिक अवस्था त्यति राम्रो हुन नसकेको सस्थाको कोषमा अहिले करिब ११ लाख रकम जम्मा भएको छ। सस्थाले अहिले पनि आर्थिक अवस्था कमजोर रहेर स्वस्थ उपचार गर्न नसकेका फुलखर्कका जनतालाई आर्थिक तथा भौतिक सहयोग गर्ने गरेको छ।
    शनीबार एक भव्य समारोहका बीच समाजले आफ्नो साधारण सभाको आयोजना गर्यो।

    कार्यक्रममा सबैले फुलखर्क कल्याणकारी समाजकाे खुलेर प्रशंषा गरेका थिए । प्रमुख अतिथि एवम् पूर्व गृहमन्त्री बुद्धिमान तामाङले फुलखर्क कल्याणकारी समाजले सामाजिक काममा महत्वपूर्ण भूमिका खेलेको र आफुले पनि फुलखर्कलाई सहयोग गर्दै आएको बताए। धादिङका हरेक स्थानीयतहमा यस्तै संस्था आवश्यक भएको समेत तामाङले बताएका थिए।फुलखर्कले जहिले पनि पहिलो रोल खेलेको छ।सायद स्कुलको कारणले होला बत्ति देखि बाटोसम्म सक्दो सहयोग गर्दै आएको छु।अरु सबै गाऊपालिकाले फुलखर्कबाट केही केहि सिक्न आवस्यक छ। फुलखर्ककाे नामै काफी छ।सहयोगी मानिसहरु बस्छन। जहिले पनि फुलखर्कको मानिसलाई सहयोग गर्न पाऊदां खुसि लाग्छ,भावनात्मक सम्बन्छ छ भनेर बुद्धिमान तामाङले भने।     

    यस्तै समाजको आठौ बार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमका विशेष अतिथि बागमती प्रदेशसभा सदस्य जगत सिंखडाले यो बिशुद्ध सामाजिक सस्था भएकोले यस सस्थामा कुनै राजनीति नगरी सामाजिक काममा दत्त चित्त भएर लाग्न आग्रह गर्दै आफुपनि सहयोग गर्न तत्पर रहेको बताएका थिए।

    संस्थाक़ा अध्यक्ष रामेश्वर अधिकारीको अधक्षतामा सम्पन्न भएको साधारणसभामा नेपाली कांग्रेस धादिङ ज़िल्ला उपसभापति दलबहादुर अधिकारी, नेकपा एमालेका बागमती प्रदेशका उमेश थापा, पर्यटन व्यवसायी ज्योति अधिकारी, भिटोफ नेपालका उपाध्यक्ष गोपाल थापा तथा बेग बहादुर अधिकारी लगायतको आतिथ्यता सम्पन्न भएको थियो।

    संस्थाक़ा अध्यक्ष रामेश्वर अधिकारीले गरीब-दुखि र असायहरुलाई सक्दो सहयोग गर्दै आएको छ। गंगा-जमुनामेलामा सबैलाई सहयोग र जनचेतनामुलक कार्यक्रम गरीएको छ। सबै एक हौ भन्ने भावनाको विकास भएको छ र यो सस्थालाई राजनिति भन्दा टाडा राखिएको छ। फुलखर्क हामीसबैको पौरख र गौरव हो र एसलाई अज ऊचाईमा पुराईनेछ । जन्मभुमिलाई केही न केही गर्नुपर्छ। फुलकों सुगन्धले भरीएको फुलखर्कलाई देश-विदेश जता रहेपनि सहयोग गर्न आहा्वान सबैलाईआग्रह गरे। जन्मभुमि भन्दा प्यारो केही छैन भनि सबैलाई यो सामाजिक संस्थामा आबद्द हुन समेत अनुरोध  गरे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    UNDO को साधारणसभा र MIT Foundaation सँगको साझेदारी सम्मेलन: डिसेम्बर २०-२१ मा कोरियामा हुने

    काठमाण्डौं। अक्टुवर ३१, २०२५ शुक्रबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (UNDO) का सभापति सोनाम लामाको अध्यक्षतामा...

    एनआरएनए एकताका महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिबाट प्रस्ताव

    काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनएको एकताका लागि महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले रोडम्याप (प्रस्ताव) पारित...

    प्रचण्डको दाबी -नेपाली कम्युनिस्ट पार्टीलाई देशकै नम्बर १ बन्न कसैले रोक्न सक्दैन

    काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी...

    प्रधानमन्त्रीको भनाइप्रति प्रचण्डको असन्तुष्टि

    काठमाडौं, कात्तिक १९ – प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको अभिव्यक्ति प्रति नेपाली कम्युनिस्ट...

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...