News Portal

माेरङकाे रंगेली नगरपालिकामा कुकुर आतंक

हिमालीसंचार संवाददाता
२२६ पटक

रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिका वडा नम्बर ७ स्थित शुक्रवारे तथा लबटाली आसपासका स्थानीहरु भुसिया कुकुरको आतंक बाट आतंकित भएका छन।
केही दिन अगाडि एउटा बहुला कुकुरकाे टाेकाईबाट दुई बालिका शक्त घाइते भएका छन। रंगेली नगरपालिका ७ बस्ने सन्जय मंण्डल काे बर्ष १२ कि आचल कुमारी मंण्डल लाई गत बिहिवार घरमै बसिरहेकाे अबस्थामा अचानक बहुला कुकुर घर भित्र छिरेर आक्रमण गर्दे उनकाे निधार गालामा टाेक्दा उनी घाइते भएकी छन।

पुनः साेहि कुकुरले बिनाेद मंण्डलकाे ११ बर्षकि लक्ष्मी मंण्डल लाई समेत गालामा कुकुरले टाेक्दा घाइते भएकि छन। अहिले गाउँ घरमा भुसियाकाे आतंकले गर्दा
आफ्नो घरमा पालनपोषण गरेका खसी बाख्रा हरु लाई जाेगाउन हम्मेहम्मे परेको छ।केही महिना अगाडि समेत घरमा पालिएकाे बाख्रालाई चारैतिरबाट घेरेर बाख्रा समेत मरेकाे थियोे।                                                            अहिले बहुला कुकुरले खसी बाख्रा र सानाे बाछा बाछी र गाई लाई समेत टाेक्ने गरेको स्थानीय श्यम कार्कीले बताए।  नगरपालिकाले कुकुरहरुकाे नियन्त्रण गरे अबकाे केही महिनामा भयावह अबस्था आउन सक्ने उनको समेत देखिएकाे छ। अहिले गाउँघर तिर भुसिया कुकुर दिनप्रतिदिन बडन थालेपछि रातीकाे समयमा गाउँ घर तिर घर बाहिर समेत निस्कन नसकिने अवस्था सृजना भएको छ। रातिको समयमा माेटरसाईकलमा यात्रा गर्दा समेत कुकुरहरु झम्टिएर चालक माथि नै आक्रमण गर्ने गरेको स्थानीय लक्ष्मण मंण्डलले बताए।                                केही महिना अगाडि अगाडि हरेक चाेक चाेकमा १० देखि १५ बटा कुकुरहरुले यात्रु हरुलाई आक्रमण गर्ने गरेको छ। रंगेली अस्पतालका डाक्टर अरुण भट्टराईका अनुसार कुकुरकाे टाेकाईबाट सातामा एक दुई जना मात्रै आउने गरेको भएता पनि केही दिन देखि भने ४ देखि ५ जना बिरामीहरु आउने गरेको भट्टराईले बताए।                      कुकुरले उचाइको आधारमा बाल बालिकाहरुलाई बडि मात्रामा आक्रमण गर्ने गरेको उनलेे बताए। अलग अलग ब्यक्तिहरुलाई कुकुरले खुट्टा र हातमा टाेक्ने गर्दछ।अस्पतालमा अहिलेसम्म बालबालिकाकाे अनुहारमा मात्रै टाेक्ने गरेको र उपचारमा आउने गरेको उनलेे बताए। रंगेली अस्पतालमा साता दिन भित्रमा २६ कुकुरले टाेकेर उपचारका लागि अस्पताल आएका छन्। भुसिया कुकुरहरुकाे नियन्त्रणकाे बिषयमा समयमै ध्यान नदिए रंगेली नगरपालिकाले ठुलाे क्षेती बेहोर्नु पर्ने देखिन्छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...