News Portal

पुरुषको यौनसम्बन्धी समस्या समाधानका लागि ल्वाङ्ग

हिमालीसंचार संवाददाता
७२४ पटक

काठमाडौं। ल्वाङ्ग सामान्यतयाः घरमा खानाका विभिन्न परिकार तयार पार्दा प्रयोग गर्ने गरिन्छ। भान्सामा अत्यधिक प्रयोगमा आउने ल्वाङ्ग एक प्रकारको मसला नै हो। यसले खानाको स्वाद बढाउने र बास्दादार बनाउने काम गर्छ। तर, यसले स्वाद बढाउने काम मात्र गर्दैन स्वास्थ्यमा विभिन्न प्रकारका फाइदाहरु पनि पुर्याउँछ।

ल्वाङ्गले पाचन प्रक्रियालाई तन्दुरुस्त बनाउँछ। कब्जियतको समस्या पनि कम गर्छ। यसमा भरपुर मात्रामा फाइबर हुने भएकाले यसले रोग प्रतिरोधी क्षमतालाई पनि बढाउने काम गर्छ। ल्वाङ्गमा भरपुर मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ। जसले गर्दा धेरै प्रकारका रोगबाट बच्न सकिन्छ। यसले मधुमेह र क्यान्सरजस्ता रोगबाट पनि बचाउँछ। यसको सेबनले पाचन प्रक्रिया स्वस्थ रहन्छ भने चिसो मौसममा हुने समस्याहरुबाट पनि बचाउँछ।

पुरुषहरुका लागि यसको धेरै नै फाइदा छ। म्याग्नेसियम, पोटासियम, एन्टिअक्सिडेन्ट, फस्फोरस जस्ता तत्वहरु पाइने भएकाले यसको सेवनले पुरुषहरुका यौनसम्बन्धी समस्याहरुबाट छुटकारा मिल्छ। यसको सेवनले शरीरमा आइरन र क्याल्शियमको कमी हुँदैन। खाली पेटमा ल्वाङ्गको सेवन गर्दा पाचन प्रक्रिया तन्दुरुस्त रहन्छ।

ल्वाङ्गको सेवन दिनमा २ देखि ३ वटा मात्रै गर्ने गर्नुपर्छ। अधिक मात्रामा यसको सेवनले नकारात्मक असर पनि पार्न सक्छ। विशेषज्ञका अनुसार पुरुषमा शुक्रकिटको मात्रा बढाउनु छ भने यसको सेवन गर्न आवश्यक छ। यसले तनावलाई टाढा राख्छ। यसलाई बिहान खाली पेटमा मनतातो पानीसँग खान सकिन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...