News Portal

  • पुरुषको यौनसम्बन्धी समस्या समाधानका लागि ल्वाङ्ग

    हिमालीसंचार संवाददाता
    ६१० पटक

    काठमाडौं। ल्वाङ्ग सामान्यतयाः घरमा खानाका विभिन्न परिकार तयार पार्दा प्रयोग गर्ने गरिन्छ। भान्सामा अत्यधिक प्रयोगमा आउने ल्वाङ्ग एक प्रकारको मसला नै हो। यसले खानाको स्वाद बढाउने र बास्दादार बनाउने काम गर्छ। तर, यसले स्वाद बढाउने काम मात्र गर्दैन स्वास्थ्यमा विभिन्न प्रकारका फाइदाहरु पनि पुर्याउँछ।

    ल्वाङ्गले पाचन प्रक्रियालाई तन्दुरुस्त बनाउँछ। कब्जियतको समस्या पनि कम गर्छ। यसमा भरपुर मात्रामा फाइबर हुने भएकाले यसले रोग प्रतिरोधी क्षमतालाई पनि बढाउने काम गर्छ। ल्वाङ्गमा भरपुर मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ। जसले गर्दा धेरै प्रकारका रोगबाट बच्न सकिन्छ। यसले मधुमेह र क्यान्सरजस्ता रोगबाट पनि बचाउँछ। यसको सेबनले पाचन प्रक्रिया स्वस्थ रहन्छ भने चिसो मौसममा हुने समस्याहरुबाट पनि बचाउँछ।

    पुरुषहरुका लागि यसको धेरै नै फाइदा छ। म्याग्नेसियम, पोटासियम, एन्टिअक्सिडेन्ट, फस्फोरस जस्ता तत्वहरु पाइने भएकाले यसको सेवनले पुरुषहरुका यौनसम्बन्धी समस्याहरुबाट छुटकारा मिल्छ। यसको सेवनले शरीरमा आइरन र क्याल्शियमको कमी हुँदैन। खाली पेटमा ल्वाङ्गको सेवन गर्दा पाचन प्रक्रिया तन्दुरुस्त रहन्छ।

    ल्वाङ्गको सेवन दिनमा २ देखि ३ वटा मात्रै गर्ने गर्नुपर्छ। अधिक मात्रामा यसको सेवनले नकारात्मक असर पनि पार्न सक्छ। विशेषज्ञका अनुसार पुरुषमा शुक्रकिटको मात्रा बढाउनु छ भने यसको सेवन गर्न आवश्यक छ। यसले तनावलाई टाढा राख्छ। यसलाई बिहान खाली पेटमा मनतातो पानीसँग खान सकिन्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...

    कुवेतकाे साल्मी मरुभूमिस्थित शिविरबाट ठूलो मात्रामा लागूऔषध बरामद

    कुवेत – कुवेत प्रहरीले साल्मी मरुभूमिको एउटा शिविरमा भण्डारण गरिएको र कुवेत भित्र तस्करी गर्ने...

    प्रिटोरियामा छात्रावासमा गोलीकाण्ड: तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु

    काठमाडौं -दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा शनिबार बिहान बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा तीन वर्षीय...

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...