News Portal

जोरपाटी स्थित दिपमाला बहुउद्देश्यीय सहकारी संस्थाको पाचौं बार्षिक साधरणसभा सम्पन्न

हिमालीसंचार संवाददाता
२०२ पटक

काठमाडौं – गोकर्णेसश्वर, जोरपाटी स्थित दिपमाला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पाचौं बार्षिक साधारणसभा २०७८ माघ २७ गते बिहिवारका दिन संस्थाका अध्यक्ष श्री हरी कुमार भण्डारी को अध्यक्षतामा सम्पन्न भएको छ,कार्यक्रम लाई संचालक भने मनिशा राजवंशी ले गर्नुभएको हो।बार्षिक साधारणसभामा प्रमुख अतिथि अतिथी गोकर्णेश्वर नगरपालिका सहकारी शाखा प्रमुख श्री दिपक थापाको रहेको थियो।                   विशेष अतिथिमा अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय सह-अध्यक्ष वाग्मति प्रदेश खेलकुद इन्चार्ज राष्ट्रिय खेलकुद परिषद् सदस्य नेपाल क्योकुसिन करातेको ५डाेन कलाकार तथा समाजसेवी  जनक वर्तौला र अर्का बिशेष अतिथिमा सार्वजनिक यातायात केन्द्रिय महासंघका उपाध्यक्ष उत्तरपुर्वि भेगिय सार्वजनिक यातायात समन्वय समिति नेपालको अध्यक्ष तथा आमा याङ्री ह्याल्मो यातायात प्रा लि को अध्यक्ष कान्छाराम थिङ हुनुहुन्थ्यो।

यसैगरी अन्य अतिथिहरु क्रमश अतिथि जगदम्बा बहुउद्देश्यीय सहकारी संस्था लि का कार्यकारी प्रमुख तथा समाजसेवी  विक्रम तामाङ अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेडका शाखा प्रमुख सुमित्रा अधिकारी अतिथि सार्वजनिक यातायात केन्द्रिय महासंघका सचिव उत्तरपुर्वि भेगिय सार्वजनिक यातायात समन्वय समिति नेपालको बरिष्ठ उपाध्यक्ष तथा पाचपोखरी यातायात प्रा लि को अध्यक्ष अरुण श्रेष्ठ अतिथि सार्वजनिक यातायात केन्द्रिय महासंघका कर्पोरेट संयोजक तथा बाबा गोकर्णेश्वर यातायात प्रा लि को अध्यक्ष बस्नेत अतिथि खड्ग अधिकारी एसोसिएट्सका प्रोपाइटर तथा यस संस्थाका लेखापरिक्षक खड्ग अधिकारी लगायत थिए।
प्रमुख अतिथि दिपक थापाबाट दिप प्रज्वलन गरि सकेपछि रास्टिय गान गाउदै कार्यक्रमको उधघाटन गरिएको थियो। कार्यक्रममा बिशेष अतिथि जनक बर्तौला ज्यु तथा प्रमुख सल्लाहकार कर्ण बहादुर खत्री अतिथी अरुण श्रेष्ठ र भिम बस्नेतले सुभकामना मन्तव्य दिनुभएको थियो। प्रमुख अतिथि र विशेष अतिथिबाट उत्कृष्ट बचतकर्ता श्री मैया लामा,असल ऋणी- एलिना  रैका मगर र उत्कृष्ट सहयोगी उत्तम ब्लोनलाई सम्मान पत्र वितरण गरिएको थियो। संस्थाको कार्यप्रगति प्रतिवेदन सचिव रामशरण थापाले प्रस्तुत गर्नु भएको थियो।
भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष भुवन पोखेलले प्रस्तुत गरे। १२ लाख शेर पुजीबाट सुरुवात गरिएको उक्त संस्थाको आ ब ७७ सम्म १८ लाख रहेकोमा चौथो साधरण सभाबाट निर्बाचित हरि कुमार भण्डारीको नेतृत्वले चालू ०७८ मा कोरना माहामारिको बाबुजुद पनि ६२ लाख पुर्याउन सफल भयेको छ।
अर्को वर्ष २०७९ मा ३ करोड पुर्याउने योजना रहेको अध्यक्ष हरि कुमार भण्डारीले बताउनु भयो। यस संस्थाको संचालक समितिमा अध्यक्ष हरि कुमार भण्डारी उपाध्यक्ष राजु भण्डारी,सचीव राम शरण थापा,कोषाध्यक्ष भुवन पोख्रेल र अन्य सदस्य सुनिता घिसिङ,सानु मानन्धर,सनि लामा हुनुहुन्छ। लेखा समितिमा धनमाया लामा,चन्द्र बहादुर भण्डारी हुनुहुन्छ।
यस्तै ऋण लगानी तथा व्यवस्थापन उप समितिमा राम शरण थापा,सुनिता घिसिङ,सनि लामा रहेको ब्यवस्थपक तारा लामा ले बताउनु भयो। कार्यक्रम जोरपाटी स्थित जुम क्याफे एण्ड ब्यान्क्युट मा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...