News Portal

हर्क साम्पाङको नेतृत्वमा धरानको वीपी प्रतिष्ठानको सुधारको माग (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३५२ पटक

अविन मावो/धरान – धरान उपमहानगरपालिका धरानका विभिन्न समसामयिक मुद्दाहरुमा निरन्तर आवाज उठाउदै आइरहेका धरानका अभियन्ता हर्क साम्पाङको नेतृत्वमा हिजो धोपा क्यम्प स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रबार प्रतिष्ठान सुधारको माग सहित केही समय धर्ना दिएका छन् ।

प्रतिष्ठान दिनप्रतिदिन धरासायी हुदै गएको र यसले सर्वसाधारणहरुको उपचार सेवा प्रत्यक्ष प्रभावित भएको भन्दै साम्पाङको नेतृत्वमा उपकुलपति कार्यालयअघि खबरदारी गर्दे नगरबासीहरुले धर्ना दिएका हुन् । उनीहरुले प्रतिष्ठानलाई अहिलेको संकटबाट तत्काल बचाउन सरकारसँग माग समेत गरेका छन् । 

प्रतिष्ठानमा भागवण्डा, पदाधिकारीहरुबीचमा गुट-उपगुटको राजनीतिका कारण प्रतिष्ठान दिनप्रतिदिन धरासायी हुदै गइरहेको भन्दै साम्पाङले संस्थाको हितमा एकजुट हुन र धिनलाग्दो राजनीतिक गुटबन्दी त्याग्न पनि माग गरेको थिए ।

यस्तै, साम्पाङले जनस्वास्थ्यको ग्यारेष्टी हुनुपर्ने भन्दै प्रतिष्ठानमा नै हरेक जाँच र उपचार सेवा उपलब्ध गराउनुपर्ने माग समेत गरेका थिए । व्यवस्थापकीय जिम्मेवारी निर्वाह नहुदा प्रतिष्ठान बेहाल भएको भन्दै सेवा ग्राहीले अनाबश्यक दुख पाइरहेको उनको जोड थियो। उनले सरकारलाई यो सबै बेथिति मुक्त गर्न मागसंग समेत गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...