News Portal

सद्भाव बचत तथा ऋण सहकारीकाे १२ ओैं साधारणसभा सम्पन्न

हिमालीसंचार संवाददाता
२५१ पटक

रबिन्द्र बराल -सदभाव बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १२ ओैं साधारणसभा सम्पन्न भएको छ। रंगेली नगरपालिका ७ मा रहेको आफ्नै प्राङ्गणमा बार्षिक साधारणसभा गरेको हाे। आर्थिक बर्ष ७८/७९ को आयव्यय प्रस्तुत समेत संस्थाका अध्यक्ष इन्जिन्यर कम्लेश्वर ठाकुरले गरेका थिए । संस्थाले कुल ९ करोड ६५ लाख ८७ हजार ८ सय २२ रुपैया लगानी गरेकाे छ। संस्थाले १ करोड ५५लाख २३ हजार ६ सय ४६ रुपैयाँ कूल आम्दानी गरी कुल खर्च १ करोड ३३लाख ३ हजार २ सय ७४ रुपैया गरेको छ।
संस्थाले २२ लाख२० हजार ३ सय ७२ रुपैया शुद्ध मुनाफा समेत गरेको छ। संस्थामा ९सय २४ जना शेयर सदस्य रहेका छन। संस्थाले रंगेली नगरपालिका , सुनवर्सि नगरपालिका , धनपाल थान गाउँपालिका, क्षेत्रमा कृषि फाईनान्स लाई वितिय कारोवार गर्दै आइरहेको छ। सो अवसरमा सस्थाले मकालु टेलिभिजनका रंगेली रिपोटर दिलिप अग्रवाल, एभिन्युज टेलिभिजन का पत्रकार रवीन्द्र बराल लाई संस्थाले सम्मान गरिएको थियोे। कार्यक्रममा उत्कृष्ट बचतकर्ता,कर्मचारी , ऋणी हरु लाई समेत सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथी रंगेली नगरपालिका का मेयर दिलीप अग्रवाल , विशिष्ट अतिथि माेरङ जिल्ला सहकारी का अध्यक्ष डिल्ली पोख्रेल अतिथि हरुमा सद्भाव बचतका अध्यक्ष कमलेश्वर ठाकुर , बुद्धिजीवी श्यामलाल शर्मा मचिन्द्र कटुवाल , दिनेश ठाकुर बितिय संस्था का प्रमुख ,बडा अध्यक्ष रामचन्द्र मण्डल, लगायत विभिन्न संस्थाका प्रतिनिधि हरुकाे समेत उपस्थिति रहेको थियोे।                                 कार्यक्रममा संबाेधन गर्दैअतिथिहरुले गाउँ घरमा रहेको सहकारीले गरिव र अार्थिक स्थित न्यून भएको घरपरिवारलाई सस्तो व्याजदरका ऋिण उपलब्ध गराएकाेमा धन्यवाद समेत दिएका छन।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...