एउटा घनघोर जंङ्गलको बाटो हिडिरहेका बाबुछोराको नजर एउटा अचम्मको बस्तुमा पर्छ। त्यो वस्तु थियो एउटा सानो मुसाको बच्चाले जंगलको राजा मानिने बाघलाई लखेटि-लखेटि मारिरहेको थियो। त्यो दृष्य हेरिरहेका बाबु छोरा मध्ये छोराले बाबुलाई सोध्छ-‘किन बाबा ! एति सानो मुसाको बच्चाले यत्रो ठूलो बाघलाइ मारेको ?’ यस प्रस्नको उत्तर बाबु सँग पनि थिएन केवल थियो एउटै जवाफ-‘अचम्म भयो ! ‘
त्यो दृष्यले बाबुछोरा अचम्मित हुदै त्यहाँबाट हिडे। अलि केहि बाटो हिडिसके पछि बाबु छोरा एक बिसौनिमा थकाई मार्नको लागि बसे। बाबुले छोरालाइ भन्छन्-‘हेर छोरा! जो आज मुसाको बच्चाले बाघ लाइ लखेटि-लखेटि मारेको कुरा कसैलाइ नभन्नु किनभने यो कुरा बाबु छोराले मात्रै देखेकाछौ अरुले पत्याउदैनन्। ‘छोराले पनि- ‘हुन्छ बाबा’ भनेर सहमती दियो।
केटा-केटि हुन खेल्ने क्रममा कुरा कुरामै त्यो केटोले भनि हाल्यो। त्यो जंङ्गलमा मुसाको बच्चाले बाघलाई लखेटि-लखेटि मारेको हाम्रो बाबाले र मैले देखेको। उस्का साथिहरुले हाँसोमा उडाई दिए। केटो भन्छ-‘अरे हो यार ! मेरो बाबाले र मैले देखेको’। साथिहरूले पत्याएनन्। साथिहरूले बाजी राख्ने प्रस्ताव राखे। किनकि कुरो असम्भव पनि थियो बनको राजा बाघलाई जाबो मुसाको बच्चाले लखेटि-लखेटि मारयो भन्दामा।
बाजी राख्नेमा केटो सहमती भयो ५०० रुपैयामा बाजी निधो गरेर उक्त केटो को बाबु ठाउँमा पुगे। केटोको बाबु बाख्रालाई घाँस टंगाइरहेका थिए। केटाहरुले बुढालाई वरिपरि घेरेर उभिएका थिए। बुढाले सोधे-‘केहो केटाहो काम ठुलै लिएर आको जस्तो छ त ! तेहि घेरा मध्ये एउटा केटोले सोध्यो-‘काका ! त्यो पारीको बनमा मुसाको बच्चाले बाघलाई लखेटि-लखेटि मारेको साँच्चै हो र तपाइले पनि देख्नु भएको रे ?
बुढा छोरा तिर हेर्दै-‘नाइ त मैले देखिनँ’ केटाहरू खुशीले उफ्रदै नाचे। छोराले बाजी राखेको ५०० रुपैया दिन लगायो। छोराका साथीहरू ‘पागल केटो बौलायो भन्दै ५०० रुपैयाँको नोट समाएर गए।
छोरोलाइ टेन्सन भयो। बुढाले किन झुटो बोले त ! उदास हुदै बाबुलाइ सोध्छ-‘बाबा ! किन ढाँट्नु भएको मेरा साथीहरूलाई मुसाको बच्चाले बाघलाई लखेटि-लखेटि मारेको त हो तपाईंले मैले देखिनँ भन्दिनु भयो उता पाँच सय रुपैयाँ पनि गए। बाबु-‘मैले भनेको थिएँ पनि यो कुरा कसैलाई नभन्नु पत्याउदैनन् भनेर।’ छोरालाइ सझना आयो -‘हो त बाबा ! मैले त बिर्सेर’।
केही दिन पछिको कुरा हो बुढाको घरमा एउटा बाख्री ब्याइ बाख्रीले बोका पायो। पाठोलाइ दुध चुसाउनु अघि बुढाले छोरालाई भने-‘ए ! छोरा ल यो पाठोलाई दुध खानु अघि नदिमा ढुबाएर लिएर आ’ छोराले भरखरै जन्मेको पाठोलाइ नदिमा डुबाएर लिएर आयो। अनि पाठोले दुध खायो।
बुढाले छोरालाई दिनहुँ यस्तै गर्नु बिहानै पाठोले दुध खानु अघि सधैं नदिमा डुबाएर लिएर आउनु भनेर भने। बोका एक महिनाको भइसकेको थियो। त्यसपछि त उ आमाको दुध खानु अघि एक पटक आफै नदिमा डुबेर आएर मात्रै दुध खान्थ्यो।
एक दिन बाबुले छोरालाइ भने-‘छोरा तेरा साथिहरूसँग बाजी राख अब ‘छोरा उत्सुकतापूर्वक सोध्छ-‘केस्मा बाजी राख्ने त बाबा ? बाबु भन्छन्-‘हाम्रो बोकोले बिहान ननुहाइकन दुध खादैन भनेर’। छोरा अर्को दिन बिहानै साथिहरूसँग बाजी लगाउने प्रस्ताव राख्यो। साथिहरूले हाँस्दै भने-‘यो बौलाहाले फेरि के बौलाहा कुरा ल्या’छ’, केटोले भन्यो-‘हेर! केटाहरू हो हाम्रो घरमा बोकाले बिहान ननुहाइकन दुध खादैन’ ‘हाहाहाहा…’हाँसोमा उडाए। एकजनाले भन्यो-‘बौलाहा ! हो भने बाजी राख्छस्…? केटोले भन्यो-‘राख्छु बाजी राख्न त तर डबल…! ‘साथिहरूले-‘हुन्छ यो पटक एकहजार ‘ केटो-‘ हुन्छ’ सबैले हात मिलाएर भोलि बिहान चाँडै केटोको घरमा आउने निर्माण गरे।
भोलिपल्ट बिहानै सबै जम्मा भए। केटोको घरमा। बोकालाई दाम्लो बाटो खोले खोल्न बित्तिकै बोका आमा तिर हेर्दै हेरेन, खुशीले बुर्कुसि मार्दै नदि तिर दौड्यो। नदीमा एक पटक डुबुल्की लगाएर आयो अनि आमाको दुध खायो। साथिहरूले एकहजारको नोट हातमाथि राख्दै लाजले रातो हुदै केहि नबोलि बाटो लागे। बाबु-छोरा हेराहेर गरेर मुस्कुराउँदै खुशी भए।