News Portal

विद्युतीय कारोबार गर्दै हुनुहुन्छ, सचेत हुनुहाेस् ठगीमा परिएला !

हिमालीसंचार संवाददाता
१०८८ पटक

काठमाडौँ। पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ। विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धि भएको देखिन्छ।

केन्द्रीय बैंकको सार्वजनिक पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको गत मङ्सिर महिनामा मात्रै रु ४८ खर्ब ४५ अर्ब भन्दा धेरै रकम विद्युतीय माध्यमबाट कारोबार भएको छ। जसमा आरटिजिएमार्फत मात्रै ३४ खर्ब ७७ अर्बभन्दा बढीको कारोबार भएको छ।

बैंकको विवरणानुसार गत आवको मङ्सिर महिनामा विद्युतीय कारोबार रु २३ खर्ब ७७ अर्बभन्दा बढीको थियो। कारोबार तथा भुक्तानीमा एटीएम, वालेट, मोबाइल बैंकिङ, कनेक्ट आईपीएस, क्युआर कोडमा आधारित भुक्तानी प्रणालीलगायतका माध्यमको प्रयोग उल्लेख्य रुपमा बढेको छ।

आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग उल्लेख्य रुपमा वृद्धि हुँदै गर्दा विभिन्न नाममा ठगी पनि बढ्दै गएको छ। चिठ्ठा परेको भन्ने प्रलोभन, मोबाइल एप्लिकेशनको दुरुपयोग, अपरिचित व्यक्तिबाट आफ्नो पासवर्ड तथा ओटीपी विभिन्न बहानामा माग गरिनु जस्ता क्रियाकलाप बढेको भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई त्यसबारे सजग र सुरक्षित रहन सुझाव दिएको छ।

केन्द्रीय बैंकले शुक्रबार विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमका सम्बन्धमा सर्वसाधारणका लागि सूचना जारी गर्दै विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा आपराधिक व्यक्ति तथा समूहले विभिन्न प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासा बढ्न थालेकाले विद्युतीय भुक्तानीमा विशेष ध्यान दिन प्रयोगकर्तालाई अनुरोध गरेको छ।

अहिलेको समयमा सामाजिक सञ्जालमार्फत चिनेजानेका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैकिङको युजरनेम तथा पासवर्ड माग्ने, नक्कली वेवसाइट बनाई ग्राहकका गोप्य सूचनाहरु लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाई रकम हस्तान्तरण गर्ने बहानामा उल्टै रकम माग गर्ने, गैरकानुनी उपकरणमा लगानी गर्न उत्प्रेरणा गर्ने जस्ता क्रियाकलाप बढ्दै गएको भन्दै यस प्रकारका ठगीबाट बच्न र सुरक्षित कारोबार गर्न सर्वसाधारणलाई राष्ट्र बैंकले सूचनामार्फत ध्यानाकर्षण गरेको छ।

केन्द्रीय बैंकले अपरिचित व्यक्तिलाई आफ्नो पासवर्ड, ओटीपी वा अन्य कुनै पनि संवेदनशील जानकारी नदिन, आफ्नो पासवर्ड समयसमयमा परिवर्तन गर्न तथा यस्ता पासवर्ड गोप्य राख्न भनेको छ। त्यस्तै सर्वसाधारणलाई अपरिचित व्यक्तिले सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाइ रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको व्यहोरा अन्य माध्यमबाट यकीन गरेरमात्र त्यस्तो रकम पठाउन आग्रह गरेको छ।

त्यस्तै अनावश्यक तथा अनधिकृत एप्लिकेशन मोबाइल वा, अन्य उपकरणमा डाउनलोड गर्दा आफ्ना संवेदनशील सूचनाहरु आपराधिक समूहले पत्ता लगाउन सक्ने भएकाले त्यस्ता अनावश्यक तथा अनधिकृत एप्लिकेशन प्रयोग नगर्न बैंकले सुझाएको छ।

सामाजिक सञ्जाललगायत प्रणालीको प्रयोग गरेर रकम भुक्तानी गर्ने बहानामा बारकोड तथा क्युआर कोड पठाएर अथवा एप्लिकेशनको पासवर्ड आवश्यक छ भनेर माग गरेमा त्यस्ता कार्यलाई शङ्कास्पद मानेर सचेत रहनसमेत राष्ट्र बैंकले सूचनामार्फत सर्वसाधारणलाई आग्रह गरेको छ।

राष्ट्र बैंकले वेबसाइटमार्फत कारोबार गर्नुअघि आधिकारिक वेवसाइट हो वा, होइन यकीन गरेरमात्र कारोबार गर्नुपर्नेमा जोड दिएको छ। आधिकारिक वेबसाइटको सुनिश्चितता पश्चातमात्र आर्थिक कारोबार गर्नुपर्नेमा बैंकले जोड दिएको छ।

विभिन्न माध्यमबाट आर्थिक कारोबार गर्दा आफू ठगिएको शङ्का लागेमा अथवा त्यसबारे गुनासा रहेमा कारोबार गर्ने बैंक तथा वित्तीय संस्था एवम् राष्ट्र बैंकमा समेत सम्पर्क गरी गुनासो वा उजुरी दर्ता गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। – रासस

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...