News Portal

शीतल नगर आमा समुहले गरे बृद्धा आश्रममा सहयोग

हिमालीसंचार संवाददाता
९१४ पटक

कर्ण बहादुर अधिकारी काठमाण्डौं– पोखरा महानगर पालिका वडा नं १४ शितलनगर आमा समुहले २०७८ माघ १८ गतेका दिन यसै आमा समुहका अध्यक्ष श्रीमती कविता कार्कीको अध्यक्षतामा पितृ औंशीको दिन पारेर यसै महानगर १४ स्थित वात्स्यायन बृद्धा आश्रमका अध्यक्ष बोध बहादुर कार्की मार्फत सहयोग हस्तान्तरण गरी कार्यक्रम सम्पन्न गरेको छ।

उक्त सहयोग कार्यक्रममा कार्यक्रमको उद्घघाटन यसै बृद्धा आश्रमा अध्यक्ष बोध बहादुर कार्कीले ब्यानरमा हस्ताक्षर गरेर आश्रममा रहेका बृद्धा आमाबुवाहरुलाई खाना खुवाउने, न्यानो लत्ता कपडा बितरण गर्नुका साथै नगद रकम सहयोग गरेको छ।

बृद्धा आश्रममा रहनु भएका बुबा आमालाई यो जाडो मौषममा केहि सहजता होस भन्ने हेतुले आमा समुहकी अध्यक्ष कार्की, कमिटीका पदाधिकारी साथै मनकारी मनहरूको पहलमा सहयोग गरीएको थियाे। शितल नगर टोल बिकास संस्थाबाट संस्थाका सह-सचिव चीज बहादुर गुरुङले पनि सहयोग गर्नु भएको थियो।

कार्यक्रमको संचालन सह-सचिव मधुमाया लामिछाने र स्वागत मन्तव्य उपाध्यक्ष तारा थापाले गर्नु भएको थियो। कार्यक्रममा कोषाध्यक्ष शुशिला खत्री कार्यक्रमको संयाोजक र व्याबस्थापन पुर्वअध्यक्ष तथा सल्लाहकार शोभा गिरी संयोजक सिता पौडेल संस्थापक अध्यक्ष निबर्तमान अध्यक्षलगायत समुहका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...