News Portal

नेपाल बाट आएका ३४ जान यात्रुमा कोरोना RA४०९ लाई हङकङ उडान प्रतिबन्ध

हिमालीसंचार संवाददाता
२१० पटक

युवा राई -हङकङ – नेपालबाट हङकङ आएका थप २५ भन्दा बढी यात्रुमा कोरोना पोजेटिभ देखिएको छ।यसअघि, नेपाल वायुसेवा निगमको उडान RA४०९ बाट सोही मितिमा हङकङ आएका ३४ जना यात्रुमा कोरोना पोजेटिभ देखिएपछि निगमको निगमको उडान RA४०९ लाई हङकङमा प्रतिबन्ध लगाई सकेको छ।सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवार कोभिड-१९ को नयाँ १२० केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।सेन्टरका अनुसार ३४ केस आयातित रहेका छन्।                 तिमध्ये २५ भन्दा बढी गत २५ जनवरीमा नेपालबाट हङकङ आएका यात्रुहरु समावेश छन्। उनीहरु विमानभित्रै संक्रमित भएको अनुमान गरिएको छ।८६ केस स्थानीयसंग सम्बन्धित छन् भने ११ जनाको संक्रमणको स्रोत खुल्न सकेको छैन। बाँकी ७५ अघिल्लो स्थानीय केसहरूसँग जोडिएका छन्।सेन्टर फर हेल्थ प्रोटेक्शनका डा. चुआङ शुक-क्वानले आज पनि झण्डै ७० प्रारम्भिक केसहरू रेकर्ड भएको बताएकी छन्। उनले ८ केसमा ओमिक्रोन भेरियन्टको सम्भावना रहेको बताएकी छन्।

क्वाई चुङ एस्टेटमा संक्रमणको संख्या ४१६ पुगेको छ। याट क्वाई हाउसमा थप ११ जनामा संक्रमण देखिएको छ भने यिङ क्वाई हाउसमा पाँच जना रिपोर्ट गरिएको छ। ङ क्वाई हाउसमा थप दुई र हा क्वाई हाउसमा थप एक केस फेला परेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...