News Portal

  • गीतकार गजेन्द्र खालिङको बृतचित्र हौचुर सार्वजनिक (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ५१७ पटक

    काठमाडौं – खोटाङ जिल्ला संगीतिक राजधानी मानिएका जिल्लाबाट अर्का एक सर्जक गीतकार गजेन्द्र खालिङ राईले रावावेशी गाउपालिका-६, हौचुरको सागीतिक वृतचित्र “हौचुर” चिण्डो च्यानल मार्फत सार्वजनिक गरेका छन्।

    विगत धेरै लामो समयदेखि जन्मभूमित छोडी कर्मभूमिमा रहेका सर्जकले एउटा बृतचित्र हौचुर सार्वजनिक गर्न पाउदा आफु हर्षले उन्माद भएको हिमालीसंचारडटकमसंग बताए। सर्जक राई सन् २००८ सालदेखि कर्मभूमा संघर्ष गर्दै आफ्नो परिवार र समाजको खुशी साट्न कर्मभूमिमा उद्धत छन्। गाउघरको दुख राम्रोसंग बुझेका राई समाजसेवाको अलबा साहित्य तर्फ झुकाव राख्ने राईले यो पटक गाउको सम्झनामा बृतचित्र सार्बजनिक गरेका हुन्। 

    सर्जक खालिङ आफुले जस्तो अर्को पुस्ताले दुःख भोग्न नपरोस भन्ने हेतुले प्रदेशमा रहेर पनी आफ्नो समाजको लागि योगदान दिएका छन्। उनकै पहलमा विधालय भवन, एम्बुलेन्स सेवा प्रदान गरेका खालिङ प्रवासमा रहेर पनी विभिन्न संघ संस्थामा आबद्ध रहेका छन् । 

    सर्जक खालिङले पहिलो कोसेली कर्मभूमिको अनुभव “दोहा कतारमा” सार्वजनिक गरेका सर्जक खालिङले यो पटक आफ्नो माटो, जनिमभूमि, गाउको यादमा बृतचित्र नै तयार गरेका हुन्। 

    सार्वजिनक गीतको गायिका मञ्जु खालिङको आवाज रहेको छ भने संगीतकार पदम थुलुङको संगीत रहेको छ। छायंकनमा युराज राई, ड्रोनमा मणी राई हाछाली, मनी कुलुङ रहेका छन्। 

    सार्वजनिक गीत निर्माण गर्न आर्थिक सहयोग पदम गुरुङ, त्यस्तै, भिडियो निर्माण तथा ड्रोन सहयोग मनोज आचार्य, पवन राई र स्थानीय कलाकारहरुले सहयोग गरेका थिए। सार्वजनिक बृतचित्र निर्माणका लागि सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी महानुभावहरुमा विशेष कृतज्ञता ब्याक्त गरेका सर्जक खालिङले यो पटक असाध्य साथ सहयोग मिलेको बताए। 

    म्युजिक भिडियो यहाँ हेर्नुस 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान...

    गुण्डुमा एमाले पदाधिकारी बैठक, नेतृत्व र राजनीतिक रणनीतिबारे छलफल

    काठमाडौं, असोज २४ – नेकपा एमालेको पदाधिकारी बैठक आज भक्तपुरको गुण्डुमा सुरू भएको छ। पार्टी...