News Portal

तपाईको दाँतमा किरा लाग्यो ? नआत्तिनुहोस्, दाँतको किरा मार्ने यी हुन् घरेलु उपाय !

हिमालीसंचार संवाददाता
१३५८ पटक

काठमाडौं। प्रायः मानिसमा दाँतमा किरा लाग्ने समस्या हुन सक्छ। जस्को मुख्य कारण दाँतलाई ठिक तरिकाले हेरविचार नगर्नु र सफा नगर्नु हो। दाँतमा किरा लागेपछि धेरै दुखाईको महशुस हुन्छ। जसलाई सहन गर्नसक्नु असम्भवको कुरा हो। यस्तो अवस्थामा दुखाईबाट छुट्कारा पाउनु प्रतिदिन खाना खानु सरह नै महत्वपूर्ण हुन्छ।

किनकी यस्को दुखाई दाँतको जरासँग हुन्छ। जस्को कारणले गर्दा त्यसमा सुनिने समस्या पनि हुन सक्छ। त्यसैले सकेसम्म चाडैं यस समस्याको उपचार गरिनुपर्छ। यस समस्याको उपाय धेरै छन्। तर डाक्टरको सल्लाहअनुसार उपचार गर्नु नै फाईदाजनक हुन्छ।

यस्को अतिरिक्त अरु पनि उपायहरु छन्। जस्को मद्धतले तपाइँ यस्ता समस्याबाट छिटै छुट्कारा पाउन सक्नुहुन्छ। यी उपायहरु पुरै सुरक्षित हुन्छ र यस्को कुनै दुष्प्रभाव छैन। यदि तपाइँको दाँत संवेदनशील छ भने, यस उपायको प्रयोग कृपया डाक्टरको सल्लाहअनुसार मात्र गर्नुहोस्।

दाँतबाट किरा हटाउने घरेलु उपाय

बेसार र नुन: पिसेको बेसार र नुनलाई तोरीको तेलसँग मिलाउनुहोस्। यस मिश्रणलाई प्रतिदिन २–३ पटक दाँतमा दन्तमन्जनको रुपमा दल्नाले दाँतको किरा मर्दछ।

प्याज खानाले मर्छ दाँतको ब्याक्टेरिया: प्याजको प्रयोग प्रायजसो दाँतको दुखाई ठिक गर्नको लागि गरिन्छ। तर यसको प्रयोग दाँतको किराको समस्या हटाउन पनि गर्न सकिन्छ। किनकी प्याजलाई दाँतको लागि एउटा राम्रो उपाय मानिन्छ। यस्को प्रयोगले तपाइँको दाँतको दुखाई कम हुन्छ।

प्याजलाई एक प्रकारको प्राकृतिक औषधिको रुपमा पनि मानिन्छ। जस्मा दाँतको दुखाई निको पार्ने गुण हुन्छ। यदि तपाइँको दाँतमा पनि समस्या छ भने, प्याजको प्रयोग गर्नुहोस्। जसबाट तपाइँलाई लाभ मिल्दछ। यस्को लागि प्याजलाई काटेर सानो टुक्रालाई किरा भएको दाँतबाट चपाउनुहोस्। तपाइँले सलादमा प्याजको प्रयोग गरेर पनि दुखाई कम गर्न सक्नुहुन्छ।

बरको दुध(चोप): किरायुक्त दाँतमा बरको दुध लगाउनाले किरा र दुखाई दुबै हट्दछ।

फिटकिरी: फिटकिरीलाई तातो पानीमा घोलेर प्रतिदिन कुल्ला गर्नाले दाँतको किरा र दुर्गन्ध दुबै हट्दछ।

ल्वाङ्ग: ल्वाङ्गलाई दाँतको दुखाईको लागि सबैभन्दा राम्रो उपाय मानिन्छ। यस्को साथै स्वस्थ रहनको लागि पनि ल्वाङ्गको प्रयोग गरिन्छ। ल्वाङ्गमा विशेष प्रकारको गुण पाईन्छ। जस्ले ब्याक्टेरियालाई समाप्त गर्ने काम गर्दछ।

दाँतमा दुखाई ब्याक्टेरियाको कारणले गर्दा हुन्छ। जस्लाई हटाउने काम ल्वाङ्गले गर्दछ। यसको लागि ल्वाङ्गलाई दुखेको दाँतमा राख्नुहोस्। यसबाट विस्तारै दाँतको दुखाई कम हुन्छ। यस प्रक्रियामा थोरै समय लाग्न सक्छ। तर फाईदा धेरै नै हुन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...