News Portal

कोशी अस्पतालका ३ चिकित्सकसहित १५ जनामा कोरोना संक्रमण

न्युरो अस्पतालका कर्मचारी पनि संक्रमित

हिमालीसंचार संवाददाता
३२१ पटक

विराटनगर – कोशी अस्पतालका तीन चिकित्सकसहित १५ जना कोभिड–१९ संक्रमित भएको कोशी अस्पतालले जनाएको छ। संक्रमित हुनेमा आँखा, शल्यक्रिया र नसासम्बन्धी तीन चिकित्सक रहेको अस्पतालकी सूचना अधिकारी मञ्जु यादवले बताइन्।यादवका अनुसार अन्य कर्मचारीमा पीसीआर प्रयोगशालाका तीन, आँखाका कार्यालय सहयोगी, अन्य एक सहयोगी, हड्डीको बहिरंगका विभागका २ नर्स, तीन जना प्लास्टर गर्ने, एक स्विपर र एक पूर्जी काउन्टरका कर्मचारी हुन्।
नेपालमा तेस्रो चरणको लहरको क्रममा सबैभन्दा पहिले ५ पुसमा अस्पतालको एक कार्यालय सहयोगीमा संक्रमण देखिएको थियो । त्यसपछि १५ पुससम्म कसैमा संक्रमण देखिएको थिएन । बाँकी १४ जना १५ पुसपछि संक्रमित भएको यादवले बताइन् । उक्त अस्पतालमा कोरोना कहरको पहिलो चरणमा चिकित्सकसहित १ सय ५० जना र दोस्रो चरणमा ९० जना संक्रमित भएको उनले बताइन्।
विराटनगस्थित न्यूरो अस्पतालका स्वास्थ्यकर्मीसहित ठूलो संख्यामा कर्मचारी संक्रमित भएका छन्। अधिकांश होम आइसोलेसनमा रहेका छन् । एक कर्मचारीको जन्मदिनको पार्टी, नि:शुल्क स्वास्थ्य शिविरको आयोजना र अस्पतालमै सेवा दिने क्रममा उनीहरू संक्रमित भएको स्रोतले जनाएको छ ।
अस्पतालले संक्रमितको यकिन संख्या र यस बारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन। सेवा दिने क्रममा केही कर्मचारी संक्रमित भए पनि यकिन संख्या थाहा नभएको अस्पतालका प्रबन्धक सुरेशकुमार आचार्यले बताए।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...