News Portal

लोकप्रिय गायक राजेश पायल राईमाथि दुर्व्यवहार गर्ने शेर्पाले माफी मागे (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३९४ पटक

काठमाडौं – अमेरिका स्थित न्युयोर्क नया बर्षको अबसरमा आयोजित एक कन्सर्टमा गीत गाइरहेको अवस्थामा लोकप्रिय गायक राजेश पायल राईमाथि दुर्व्यबहार भएको घटना पछि पासाङ दावा शेर्पाले माफी मागेका छन्।

नेपालकै सार्बधिक लोकप्रिय गायक राईलाई दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेपछि बिवाद साम्य भएको हो। शेर्पाले आफ्नो र किराती संस्कृती अनुसार रक्सी सगुन र खादा ओढाएर गायक राईसंग माफी मागेका हुन्। शेर्पाले हात जोडेर थरथराउदै ‘उहाँको म ठूलो प्रशंसक हुँ। मैले उहाँमाथि दुर्व्यवहार गर्न पुगेछु। त्यसले गर्दा उहाँ राजेश पायल राईलाई धेरै डिस्टर्व भएको महसुस गरेँ। म राजेश दाइँसँग माफी माग्छु।’

गायक राईले मानिसबाटै गल्ती हुने भन्दै आफूले माफी दिएको बताउदै वहा विरामी समेत हुनुहुन्छ वहाको स्वास्थ्यलाभको कामना गरौ। उनले भने, ‘नेपाली गीत संगीतलाई मायाहरू र सम्पूर्णलाई हामीहरू मिलिसकेको कुरा जानकारी गराउन चाहन्छु। मैले उहाँलाई माफी दिएको छु। मेरो शीर ढलोस्, नेपाली गीत–संगीत र नेपाल कहिल्यै नढलोस्,’ राइले भने, ‘मैले आम माफी दिइसकेको छु। उहाँले खुट्टै ढोग्छु पनि भन्नुभयो। तर पर्दैन मेरा फ्यानहरूले अब उप्रान्त गाली गलौज नगरिदिनुहोला।’ गायक राईको आग्रह समेत गरेका थिए। 

भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...