News Portal

क्रिसमस तथा नया बर्षको अबसरमा भेटघाट कार्यक्रममा उठेको रकम गरिब परिवालाई आर्थिक सहयोग (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७५१ पटक

मकाउ – मकाउमा कार्यरत नेपाली युवाहरुको एक समुहले सदैव आफ्नो मौलिक चाड, पर्व सामुहिक रुपमा मनाउदै आएका छन्। यस बर्ष क्रिसमस तथा अग्रेजी नया बर्षको अबरसमा भेटघाट कार्यक्रममा उठेको रकम विभिन्न रोगका कारण उपचार गर्न समस्या परेका गरिब विरामीहरुका लागि आर्थिक सहयोग गरेका छन् ।

समाजसेवी गीता मगर शेर्पा र राजी शाह भट्टको नेतृवमा मकाउमा कार्यरत यी युवा समुहले सधै पृथक सामाजिक सहकार्य गर्दै सामुहिक रुपमा सहयोग गर्दै आएका छन् । यो समुहले क्रिसमस तथा नया बर्षको अबसरमा भेटघाट तथा शुभकामना आदन प्रदान कार्यक्रमा उठेको नेपाली रुपिया ३५,५५५/- समस्यामा परेका गरिब परिवारलाई आर्थिक सहयोग प्रदान गरेका हुन्। 

औषधी खर्चका लागि बाजुराको पर्जोल सिह, मृगौला पिडीत बेलबारी -१० भाउनेका नन्दराज राई, क्यान्सर पिडीत ताप्लेजुङका पुस्पा लिम्बु, मृगौला पिडीत जयराम ठकुरी, अनिता तामाङ, जाजरकोटका भीम बहादुर सिंह, मृगौला पिडीत गंगा भुजेलकी छोरी लगायदका गरिब परिवारलाई सामुहिक सहयोग गरिएको समाजसेवी गीता मगर शेर्पाले हिमालीसंचारडटकमसंग बताईन्।  

शेर्पा समाजका अध्यक्ष ङवाङ ग्याल्जे शेर्पा, गुरुङ ‘तमु’ समाज मकाउका अध्यक्ष लिलबहादुर गुरुङ ‘गोरा’, इश्वर भट्ट, राजी शाह भट्ट, जीवना भण्डारी, भिम गुरुङ, अमृत प्रजापती, टिकाराम भण्डारी, निरज थापा मगर, विजय मोक्तान, दावा पासाङ शेर्पा, राजेन क्षेत्री, ममता काफ्ले, रविन महर्जन, जानुका, महेश श्रेष्ठ, सम्झना श्रेष्ठ, हेनरी विष्ट, मोहन पन्त, नितु थापा, रुद्र घले, बुद्धि गुरुङ, विकास गुरुङ, ओवेन लामा,  कुमार लामा, विवेक थापा, प्रकाश गौतम, धनकाजी तामाङ, रञ्जीला लामा, सवी बरुवाल, सिमा लिम्बु, सुदिप क्षेत्री, एन्जल जाइन, विनोद, पासनेरी शेर्पा, विकाश मगर, हिसिला मगर, विकाश गुरुङ, गिता मगर शेर्पा र भिम शेर्पाको उपस्थिति महानुभावको सहभागितामा सामुहिक सहयोग गरेका हुन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...