News Portal

राजघाट हङकङ समाजको धान सहयोगः बाढीले अन्नबाली नष्ट भएका कृषकलाई सहयोग

हिमालीसंचार संवाददाता
२९९ पटक

उर्लाबारी – गत कात्तिकमा अविरल वर्षासँगै मावा खोलामा आएको बाढीले पीडित बनेका उर्लाबारी–९ का कृषकलाई राजघाट हङकङ समाजले धान सहयोग राहत स्वरुप सहयोग गरिएको छ। राजघाट हङकङ समाजको सहयोगमा उर्लाबारीस्थित चक्रेटोल, फाईबेलीडाँडा, बोडर लाईन र माहारास्थानमाका बाढी पीडितलाई राहत प्रदान गरिएको हो।

बाढी पीडित प्रतिघरलाई ५ मनको दरले धान सहयोग गरिएको राहतको लागि पहलकर्ता समिर तुम्बाहाम्फेले बताए। उनका अनुसार अति विपन्न तथा पीडित ४३ घर परिवारलाई सहयोग गरिएको छ। ‘यसपटक अन्नबाली पानी झरी र बाढीले बगाएपछि खान नपाईने भयो भन्ने चिन्ता थियो,’ राहत लिदैं स्थानीय चक्र राईले भने, ‘५ मन धान पाइयो, अब भोकै नहुने भैयो। अरु त जेनतेन गरेर चलाइहालिन्छ।’

राहत पाउनेहरू प्रायः निक्कै खुशी देखिएका थिए। वास्तबमा कृषकको पीडामा कसैले चासो देखाएको पाईदैन। उनीहरू कहिले मल नपाएर हैरान हुन्छन्। कहिले बिउबिजन। कहिले बाली राम्रोसँग सप्रिँदैन त कहिले भएको बाली नी सबैले बाढीले बगाइदिन्छ, असिनाले स–खाप पारिदिन्छ। यहि पीडालाई मध्यनजर गर्दै आफ्नो गाउँको पीडालाई आफ्नै पीडा सम्झेर सहयोग गरेको राजघाट हङकङ समाजका अध्यक्ष खबिराज लिम्बूले बताए।

उनले भने, ‘गाउँघरमा भएको यति ठूलो क्षति र पीडामा कहाँ हाम्रो मन मान्छ र। त्यसैले सकेको सहयोग गरेका हौ। भइपरिआउने समस्यामा सहयोग गर्न हामी तैनाथ छौ।’ राहतका लागि सहयोग संकलनमा सक्रिय रुपमा लागिपरेका राकेश पोमुले सहयोग गर्न पाउँदा खुशी लागेको बताए।

‘राजादेखी रैतीसम्मलाई गाँसको ब्यवस्था गर्ने किसान दाजुभाइको पीडालाई कसरी देखेर नि नदेखे झै गर्न सकिन्छ र,’ पोमुले भने, ‘हामीले सक्ने सहयोग गरेका हौँ।’ स्थानीय स्तरमा धान संकलन तथा वितरणमा कार्यमा हेमन्त पौडेल, कैलाश थापा मगर, मानु थापा, आइतहाङ तुम्बाहाम्फे, सुर्य पन्धाक, बिजय लिम्बू ,भुपेन शेर्मा,अमृत थक्लुङ,प्रदिप धिमालको सक्रियता रहेको थियो। सहयोग हस्तान्तरण कार्यक्रमको सन्चालन बिजय आङबुहाङले गरेका थिए।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...