News Portal

भारतीय दुतावास पेन्सन वितरण केन्द्र धरानद्वारा रक्तदान कार्यक्रम सम्पन्न

२ सय २ पिण्ट रगत संकलन: मेजर सिंह

हिमालीसंचार संवाददाता
२७६ पटक

धरान। भारतीय राजदुतावास पेन्सन वितरण केन्द्र धरानको आयोजनामा वृहत रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ।

धरान-१३ कोलोनीमा अवस्थित भारतीय दुतावास पेन्सन वितरण धरान केन्द्रको प्रांगनमा सम्पन्न रक्तदान कार्यक्रममा २ सय २ पिण्ट रगत संकलन भएको भारतीय दूतावास धरानले जनाएको छ। नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा व्यक्तिगत र संस्थागत रुपमा सहभागी रक्तदाताहरुले रक्तदान गरेका थिए। 

गोर्खा भुपु संघके सहभागीता रहेको कार्यक्रममा कोरोना महामारीका कारण मानव जीवनमा अत्यावश्यक रगतको अभावले समस्या पैदा नहोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन गरिएको पेन्सन वितरण केन्द्र धरानका इन्चार्ज मेजर अभिषेक सिंहले हिमालीसंचारडटकमसंग बताए।

मेजर सिंहका अनुसार भारतीय स्वतन्त्रता दिवस मनाइ सकिएको अवस्था भएता पनि यसलाई उक्त कार्यक्रमको एउटा अंशको रुपमा लिन सकिने बताए। भुपु सैनिक तथा परिवारको कल्याणको लागि हामी यहाँ उभिएका भएता पनि समाज कल्याणमा पनि हाम्रो सहभागिता होस भन्ने मान्यताले अब यो रक्तदान कार्यक्रम बार्षिक कार्ययोजनामा राखिने मेजर सिंहले बताए।

रक्तदान कार्यक्रम अफिसियल रुपमा अन्य कार्यक्रममा सहभागिता जनाए पनि यस पटक भने पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरिएको मेजर सिंहले जानकारि दिए। कार्यक्रम पहिलो भएता पनि रक्तदाताहरुको उपस्थिति उत्साहजनक रहेको उनले बताए।

मेजर सिंहका अनुसार यो कार्यक्रम पहिलो भएका कारण सूचना प्रवाह राम्रो भएन तर उत्साहजनक सहभागिता रहेको छ। अहिले कही कमजोरी भए पनी आगामी दिनमा कार्यक्रम प्रावकारी बनाउने उनको भनाई रहेको थियो। 

आयोजित कार्यक्रममा करिब ३ सय रक्तदाताहरुको उपस्थिति रहेको थियो। स्वास्थ्य मापदण्डका कारण रक्तदान गर्न नसकेको मानुभावहरुका कारण २ सय २ पिण्ट मात्र रगत संकलन भएको उनके भनाई रहेको थियो। मेजर सिंहले सम्पूर्ण रक्तदातालाई कार्यक्रममा सहभागिताको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै निकट भविष्यमा सहयोगको अनुरोधसमेत गरेका थिए। 

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...