News Portal

भारतीय दुतावास पेन्सन वितरण केन्द्र धरानद्वारा रक्तदान कार्यक्रम सम्पन्न

२ सय २ पिण्ट रगत संकलन: मेजर सिंह

हिमालीसंचार संवाददाता
२३३ पटक

धरान। भारतीय राजदुतावास पेन्सन वितरण केन्द्र धरानको आयोजनामा वृहत रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ।

धरान-१३ कोलोनीमा अवस्थित भारतीय दुतावास पेन्सन वितरण धरान केन्द्रको प्रांगनमा सम्पन्न रक्तदान कार्यक्रममा २ सय २ पिण्ट रगत संकलन भएको भारतीय दूतावास धरानले जनाएको छ। नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा व्यक्तिगत र संस्थागत रुपमा सहभागी रक्तदाताहरुले रक्तदान गरेका थिए। 

गोर्खा भुपु संघके सहभागीता रहेको कार्यक्रममा कोरोना महामारीका कारण मानव जीवनमा अत्यावश्यक रगतको अभावले समस्या पैदा नहोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन गरिएको पेन्सन वितरण केन्द्र धरानका इन्चार्ज मेजर अभिषेक सिंहले हिमालीसंचारडटकमसंग बताए।

मेजर सिंहका अनुसार भारतीय स्वतन्त्रता दिवस मनाइ सकिएको अवस्था भएता पनि यसलाई उक्त कार्यक्रमको एउटा अंशको रुपमा लिन सकिने बताए। भुपु सैनिक तथा परिवारको कल्याणको लागि हामी यहाँ उभिएका भएता पनि समाज कल्याणमा पनि हाम्रो सहभागिता होस भन्ने मान्यताले अब यो रक्तदान कार्यक्रम बार्षिक कार्ययोजनामा राखिने मेजर सिंहले बताए।

रक्तदान कार्यक्रम अफिसियल रुपमा अन्य कार्यक्रममा सहभागिता जनाए पनि यस पटक भने पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरिएको मेजर सिंहले जानकारि दिए। कार्यक्रम पहिलो भएता पनि रक्तदाताहरुको उपस्थिति उत्साहजनक रहेको उनले बताए।

मेजर सिंहका अनुसार यो कार्यक्रम पहिलो भएका कारण सूचना प्रवाह राम्रो भएन तर उत्साहजनक सहभागिता रहेको छ। अहिले कही कमजोरी भए पनी आगामी दिनमा कार्यक्रम प्रावकारी बनाउने उनको भनाई रहेको थियो। 

आयोजित कार्यक्रममा करिब ३ सय रक्तदाताहरुको उपस्थिति रहेको थियो। स्वास्थ्य मापदण्डका कारण रक्तदान गर्न नसकेको मानुभावहरुका कारण २ सय २ पिण्ट मात्र रगत संकलन भएको उनके भनाई रहेको थियो। मेजर सिंहले सम्पूर्ण रक्तदातालाई कार्यक्रममा सहभागिताको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै निकट भविष्यमा सहयोगको अनुरोधसमेत गरेका थिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...