News Portal

  • गायक राजु आङदेम्बे र गायिका सुनिता थेगिमको “अरुणै घुमेर” सार्वजनिक (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ३१६ पटक

    काठमाडौं – चर्चित गायक राजु आङदेम्बे र चर्चित गायिका सुनिता थेगिम लिम्बुको युगल आवाजमा रहेको अरुणै घुमेर बोलको टिपिकल नेपाली पुर्वेली  लोक  गीत सार्वजनिक भएको छ।

    उक्त गीतमा स्वर राजु आङदेम्बे र सुनिता  थेगिमको रहेको छ भने शब्द कमान धोज लावतीको रहेको गीत राजु आङदेम्बेकै लयमा तयार भएको हो। त्यस्तै, संगीत संयोजन पदम रजन मगरले गरेका हुन भने सेवा रेकर्डिङ अनामनगर काठमाडौ र हिमालयन टोन्स हङकङ स्टुडियोमा उक्त लोक भाका  रेकर्ड सम्पन्न भएको हो। 

    काठमाडौं तथा हङकङमा छायाकंन भएको गीतमा गायक गायिकाको अभिनय देख्न सकिन्छ। माया प्रेमका शब्दले भरिएको सुमधुर गीतलाई सिमिक्लुङ दर्पण युत्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो। 

    बिगत २५ बर्ष अघिदेखि परदेश हङकङमा रहेर पनि पुर्वेली लोक गीत संगीतको जगेर्ना गर्न निरन्तर लागि पर्दै सयौं गीतमा आवाज शब्द अनि संगीत भरी सकेका गायक राजु आङदेम्बे साथै सयौं बढी  गीतमा आवाज रहेकी गायिका सुनिता थेगिमका थुप्रै गीत सिमिक्लुङ दर्पण युट्युब च्यानल मार्फत सुन्न अनि हेर्न सकिने छ। 

    म्युजिक भिडियो यहाँ हेर्नुस् 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान...

    गुण्डुमा एमाले पदाधिकारी बैठक, नेतृत्व र राजनीतिक रणनीतिबारे छलफल

    काठमाडौं, असोज २४ – नेकपा एमालेको पदाधिकारी बैठक आज भक्तपुरको गुण्डुमा सुरू भएको छ। पार्टी...