News Portal

किरात राई “कोयी” भाषाको साखेल गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७६२ पटक

काठमाडौं – किरात राई समुदायको महान चाड उधौली साकेलाको अबसरमा उधौली साकेलाकै दिन पारेर किरात राई “कोयी” भाषाको साखेल गीत आज सन्जिव कोयी युटुव च्यानल मार्फत सार्वजनिक भएको छ।

चर्चित महागायक राजेशपायल राई, गायिका मेलिना राईको संयुक्त आवाजमा रहेको कोयी भाषाको साखेल गीतको शब्द शुत्रलाल राई एवम् कोयी भाषा श्रोतमा सन्जिब कोयीको रहेको गीतको संगीत चर्चित युवा संगीतकार अनिल कोयी राईले संगीत गरेका गीतको म्युजिक भिडियोमा चर्चित कलाकार उमेश राई र सुजता राईको मुख्य अभिनय रहेको म्युजिक भिडियो निर्देशक समेत संगीतकार अनिल कोयी राईले नै गरेका हुन्। सार्वजनिक गीतको ऐरेन्जर राजु कार्की, स्टुडियो ओपलमा रेकर्डिङ गरिएको हो। 

विश्वका विभिन्न मुलुकमा रहेका किरात राई “कोयी” समुदायका सचेत भाषिक अभियन्ता र व्यक्तित्वहरुको सामुहिक सहयोगमा साखेल गीत निर्माण भएको किरात राई सोदेल कोयी/कोयु किम हङकङ निवर्तमान अध्यक्ष तथा सल्लाहकार हित बहादुर कोयी राईले हिमालीसंचारडटकमसंग बताए। अध्यक्ष राई यस परियोजनाका प्रमुख सल्लाहकार समेत हुन्। 

अध्यक्ष राईका अनुसार “विगत ४ बर्ष अगाडी नै अडियो तयार भएको साखेल गीतलाई अध्यक्ष राईकै सक्रियता र विशेष सल्लाहमा मकाउबाट सन्जिब कोयी, बेलायतबाट शुत्रलाल राई र हङकङबाट स्वयम् अध्यक्ष राईको समन्वय एवम् संयोजकत्वमा “सोदेल साप्तेल” बोलको कोयी भाषिक साखेल गीतले पूर्णता पाएको हो।”

यस परियोजना अन्तरगत बेलायतबाट किराता राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राई, किराया प्रारम्भिक कार्यसमिति ग्रेटर रोसमोरका अध्यक्ष कृत बहादुर कोयी राई, किरात राई मांखिम तथा साकेला म्यानेजनेन्ट सिआईसी बेलायतका निर्देशक डा. प्रमोद कोयी राई, डा. योगेश कोयी राई बेलायत, क्या. सन्तोष कोयी राई, कोयी/कोयु समाज काठमाडौं नेपालका संस्थापक अध्यक्ष स्व. राजबहादुर कोयी राई, कल्पना कोयी राई बेलायत, खुम राज कोयी राई बेलायत, शुत्रलाल राई (शम्भु) बेलायत, खोटाङ सेवा समाज बेलायतका सदस्य तिर्थ बहादुर राई, गायक तथा लेखक, सुङदेल सेवा समाज बालायतका अध्यक्ष खिलेन्द्र कोयी राई, प्रदिप कोयी राई बेलायत

त्यस्तै, हङकङबाट किरात राई सोदेल कोयी/कोयु किम हङकङका निवर्तमान अध्यक्ष तथा सल्लाहकार हित बहादुर कोयी राई किरात राई सोदेल कोयी/कोयु किम हङकङका निवर्तमान उपाध्यक्ष तथा सल्लाहकार टिका प्रसाद कोयी राई, किरात राई सोदेल कोयी/कोयु किम हङकङका अध्यक्ष प्रकाश कोयी राई, किरात राई सोदेल कोयी/कोयु किम हङकङका सदस्य भिम केशर कोयी राई, किरात राई सोदेल कोयी/कोयु किम हङकङका सचिव नैन सिंह कोयी राई, किरात राई सोदेल कोयी/कोयु किम हङकङका निवर्तमान सचिव डेन कुमारी कोयी राई, किरात राई सोदेल कोयी/कोयु किम हङकङका उपाध्यक्ष केशव कोयी राई, सोदेल कोयी/कोयु किम हङकङका सदस्य बालकुमारी साम्पाङ (कोयी) राई रहेका छन् ।

त्यस्तै, बेलायत र हङकङभन्दा बाहिरका मुलुकहरुबाट किरात राई यायोक्खा मकाउका महासचिव सन्जिब कोयी राई, क्यानाडाबाट मित कोयी राई, आशिष कोयी राई र कोयी रोलेक्स, सिङगापुर प्रहरी संगठनमा कार्यरत सोदेल पुस्ताकलय खोटाङ सुङदेलका संयोजक रोशन राई (रुपास), अभिषेक कोयी राई र बर्ज कुमार राई (विकाश) उनी कराते खेलाडी समेत हुन्। उनले सन् २००८ मा ११ औं अखिल एशिया फुल कन्ट्याक्ट कराटे च्याम्पियनसिपका विजेता खेलाडी समेत हुन्। धरानकी गीतकार राधिका कोयी राई, काठमाडौंकी गीता देवी कोयी राई र रिस्ककी कविता कोयी राई लगायतका संयुक्त सहयोगमा उक्त गीत निर्माण भएको हो। 

कोयी साखेल गीत यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...