News Portal

कतारका किरातीहरुले उधौली साकेला चाड, चासोक तङ्नाम र रापावा श्यादर पिदार मनाए (फोटो फिचर)

“संयुक्त रुपमा उधौली चाड मनाएका थिए”

हिमालीसंचार संवाददाता
४४७ पटक

गजेन्द्र खालिङ/दोहा – कतारमा किरातीहरुको महान राष्ट्रिय चाड “चासोक तङ्नाम, साकेला उधौली, रापावा श्यादर पिदार येलेदोङ ५०८१ औं सम्पन्न गरिएको छ । यहाँ स्थापित तीन किरात संस्थाहरु; किरात याक्थुङ चुम्लुङ कतार, किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारको संयुक्त आयोजनामा सदा झै यस बर्ष पनि भब्यताका साथ उधौली साकेला चाड सम्पन्न भएको हो ।

आयोजित कार्यक्रममा बिशेष सॉंस्कृतिक प्रस्तुति, स्थानीय कलाकारहरुको मौलिक संस्कृतिक झाँकी केलाङ, साकेला शिली, स्यादर सिल लगायत विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक प्रस्तुति ऐतिहासिक रुपमा १७ डिसेम्बर २०२१ शुक्रबारको दिन सयौं नेपाली समुदायकावीच कतारको शुन्दर ठाउँ “अलदोसरी पार्क” को प्रांगणमा सम्पन्न भएको हो ।

किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष शंकरमान राइको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रवासी आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुस्वतम सुनुवार रहेका थिए । कार्यक्रममा मातृ सस्थाका प्रतिनिधिहरु, सामाजिक, बैचारिक साथै जिल्लागत संघसस्था लगायत पत्रकारहरुको बाक्लो उपस्तिथि रहेको थियो ।

विधिवत रुपमा उट्घाटन गरि शुरु गरिएको औपचारिक कार्यक्रममा स्थानीय कलाकारहरुले किरातीहरुको राष्ट्रिय गान यो भुमि चुम्ने पहिलो हामी हौ किराती भन्ने गीत गाउँदै सुरु गरिएको थियो भने, कार्यक्रममा उपस्थिति सम्पुर्णलाई हर्क खजुम लिम्बूले स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...