News Portal

कतारका किरातीहरुले उधौली साकेला चाड, चासोक तङ्नाम र रापावा श्यादर पिदार मनाए (फोटो फिचर)

“संयुक्त रुपमा उधौली चाड मनाएका थिए”

हिमालीसंचार संवाददाता
४२६ पटक

गजेन्द्र खालिङ/दोहा – कतारमा किरातीहरुको महान राष्ट्रिय चाड “चासोक तङ्नाम, साकेला उधौली, रापावा श्यादर पिदार येलेदोङ ५०८१ औं सम्पन्न गरिएको छ । यहाँ स्थापित तीन किरात संस्थाहरु; किरात याक्थुङ चुम्लुङ कतार, किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारको संयुक्त आयोजनामा सदा झै यस बर्ष पनि भब्यताका साथ उधौली साकेला चाड सम्पन्न भएको हो ।

आयोजित कार्यक्रममा बिशेष सॉंस्कृतिक प्रस्तुति, स्थानीय कलाकारहरुको मौलिक संस्कृतिक झाँकी केलाङ, साकेला शिली, स्यादर सिल लगायत विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक प्रस्तुति ऐतिहासिक रुपमा १७ डिसेम्बर २०२१ शुक्रबारको दिन सयौं नेपाली समुदायकावीच कतारको शुन्दर ठाउँ “अलदोसरी पार्क” को प्रांगणमा सम्पन्न भएको हो ।

किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष शंकरमान राइको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रवासी आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुस्वतम सुनुवार रहेका थिए । कार्यक्रममा मातृ सस्थाका प्रतिनिधिहरु, सामाजिक, बैचारिक साथै जिल्लागत संघसस्था लगायत पत्रकारहरुको बाक्लो उपस्तिथि रहेको थियो ।

विधिवत रुपमा उट्घाटन गरि शुरु गरिएको औपचारिक कार्यक्रममा स्थानीय कलाकारहरुले किरातीहरुको राष्ट्रिय गान यो भुमि चुम्ने पहिलो हामी हौ किराती भन्ने गीत गाउँदै सुरु गरिएको थियो भने, कार्यक्रममा उपस्थिति सम्पुर्णलाई हर्क खजुम लिम्बूले स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...