News Portal

माउन्ट मकालुले नयाँ विद्यार्थीलाई स्वागत, यस बर्ष एसईई उतिर्ण गरेका छात्राहरुलाई साईकल वितरण

हिमालीसंचार संवाददाता
७१५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७ मा रहेको माउन्ट मकालु इग्लीस बोङिग स्कुलले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत विदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।

विद्यालयको प्रागणमा एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा भर्ना भएका जना विधार्थीहरुलाई स्वागत तथा सम्मान गरिएको छ। उक्त कार्यक्रमकाे प्रमुख अतिथि रंगेली नगरपालिका मेयर दिलिप वगडीया, विशिष्ट अतिथि शिक्षा शाखा प्रमुख रबिन्द्र पंण्डित, बिधालयका प्राध्यापक भक्तराज सुब्बा, बिधालयका फारुक रीजवी, जितेन्द्र राजवंशी, बिजय राजवंशी, सुम्मा सुब्बा  शिक्षक, शिक्षिका, तथा वडाअध्यक्षहरुकाे समते उपस्थितिसमेत रहेको छ।   

यस क्षेत्रका छात्रछात्राहरुले भने बिराटनगरसम्म गएर उच्च शिक्षाका लागि जानू नपर्ने र आफ्नै घर आँगनमा उच्च शिक्षा लिन पाएकाेमा आफूहरु खुशी भएको मधु साहले बताईन। प्रमुख अतिथि बगडियाले भने, सामुदायिक बिधालय तथा निजि बिधालयमा अध्यन गरेर यस बर्ष एसईई उर्तिर्ण गरेका छात्राहरुलाई अबकाे केही साता भित्र साईकल बितरण गरिने र बिधार्थिकाे हाैसला बडाउनका लागि साईकल बितरण गरिन लागेकाे समेत बताए।   

रंगेलीमै कक्षा ११ काे पठनपाठन गरि गुणस्तीय शिक्षा प्रदान गर्न बिधालयले अबसर प्राप्त गरेकाे र आभिभावक हरु काे सहयोग र साथ उतिकै आबस्यक रहेकाे र आगामी दिनहरुमा अन्य विषयहरु समेत थपिदै लैजाने जाने बिधालयका प्रिन्सिपल भक्तराज सुब्बाले बताए।

सो अवसरमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई खादा र अविर साहित सम्मान गरिएको थियो। कार्यक्रममा विधार्थीहरुले विभिन्न गितहरुमा नृत्य तथा गायन प्रस्तुत  गरेर अतिथिहरुलाई मनोरंजन समेत गराएका थिए।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...