News Portal

अस्ट्रेलियामा मसल मोडेल प्रतियोगितामा परिक्षित श्रेष्ठलाई दुई स्वर्ण

हिमाली संचार संवाददाता
६१६ पटक

अस्ट्रेलिया – अस्ट्रेलियाको भिक्टोरिया राज्यको बालाराटमा जर्जिया हल्टनको प्रस्तुतिको रुपमा आयोजित बालाराट युरेका मसल मोडेल प्रतियोगितामा मेलबर्न निवासी नेपाली परिक्षित श्रेष्ठले दुई स्वर्ण पदक हात परेका छन । सम्भवतः मेलबर्नमा बस्ने नेपालीद्वारा यस किसिमको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने उनी पहिलो नेपाली हुन । श्रेष्ठले मेन्स फिटनेस नोभिस र मेन्स फिटनेस अोपनतर्फ स्वर्णपदक प्राप्त गरेका हुन ।

प्रतियोगितामा अन्य राज्यका सहभागीहरु भए तापनि आयोजक राज्य भएको कारण भिक्टोरियाका प्रतियोगीहरुको बाहुल्यता थियो । प्रतियोगिताको तयारीको लागि परिक्षित श्रेष्ठले बिगत दुई महिनादेखि अस्ट्रेलियाका बिभिन्न प्रतियोगिताका च्याम्पियन बनिसकेका सन्तोषकुमार श्रेष्ठको  परामर्श अनुरुप कढा तयारी गर्दै आएका थिए । नियमित रुपमा सन्तोषकुमार श्रेष्ठको सम्पर्कमा रही अभ्यास गर्ने मात्रै नभएर खानपानका सम्बन्धमा पूर्णत: अनुशासनमा रही श्रेष्ठले खानपान उनकै  सुझाब अनुरुप गर्दै आएका थिए ।

यो बिजयसँगै परिक्षित आगामी अक्टोबर १३-१४ मा मेलबर्नमा आयोजना हुने राष्ट्रियस्तरको च्याम्पियनसिपमा सहभागी हुन योग्य भएका छन । प्रतियोगितामा प्राप्त सफलतापछि श्रेष्ठले यस किसिमको प्रतियोगितामा यसरी पहिलो पटक सहभागी हुँदा नै नेपालीको तर्फबाट यो किसिमको सफलता प्राप्त गरेर नेपाल र नेपालीको गौरबमा योगदान दिन सकेकोमा गौरवान्वित भएको महसुश गरेको बताउँदै श्रेष्ठले नेपाल र नेपालीको गौरव उच्च राख्न आगामी दिनमा आफूले सक्दो प्रयास गर्ने बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...