News Portal

मोरङको उर्लाबारीमा बसको ठक्करबाट एक जनाको मृत्यु

हिमालीसंचार संवाददाता
४०३ पटक

उर्लाबारी – पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको उर्लाबारी-४ आइतबारे स्थित बसले मोटरसाइकललाई ठक्कर दिँदा नरेन्द्र ढुंगानाको घटनास्थलमै मृत्यु भएको छ।

दिउँसो १ बजे पश्चिमतर्फ गइरहेको को १ ख ७८२८ नम्बरको बसले प्रदेश १-०२०४१प४४०८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक उर्लाबारी वडा नं. ४ का ६५ बर्षीय नरेन्द्र ढुंगानाको घटनास्थलमै मृत्यु भएको हो।

उर्लाबारी वडा नं. ४ आईतवारेका स्थायी निवासी ढुंगाना उर्लाबारी-२, सुनपकुवा माध्यमिक विधालयका पुर्वप्रधानअध्यापक एवम् उर्लाबारी -७ स्थित रहेको भृकुटी माध्यमिक विधायलयका संस्थापक समेत हुन्।

बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। स्थानीयले पूर्वपश्चिम चल्ने सवारी आगगमन ठप्प पारेका थिए। स्थानीयको अबरोधका कारण घटनास्थलबाट प्रहरीले शव उठाउन सकेको थिएन्। प्रहरीले दोषी उपर कानूनी कारवाही गर्ने बताएको छ। 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...