News Portal

धनधान्यकी देवी लक्ष्मीलाई खुसी पार्न यी ५ काम गर्नुहोस् !

हिमालीसंचार संवाददाता
५७३ पटक

काठमाडौँ।
दीपावलीअघि वा दीपावलीको दिन तपाईंले अनेक प्रकारका कामहरू गर्नुहुन्छ। तर दीपावली गर्नुभन्दा अगाडि केही विशेष काम गरेमा तपाईंकाे घरमा लक्ष्मी प्रसन्न हुने कुराबारे सायदै तपाईंलाई जानकारी होला। प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको औँसीमा दीपावली तथा लक्ष्मीपूजा मनाइन्छ। यसपटकको दीपावली आज (बिहीबार) परेको छ।

दीपावलीका दिन धनधान्यकी देवी लक्ष्मी भित्रिन्छन् भन्ने आम जनविश्वास छ र यसैका लागि दीपावली गर्दै लक्ष्मीपूजा गरिन्छ। जब माता लक्ष्मी तपाईको घरमा आउछिन्, तब तपाईका ती ५ विशेष काम देखेर खुसी हुनेछिन्। संस्कृति विज्ञहरुका अनुसार घरमा दीपावली गर्नुअघि यी काम गर्नुहाेस्–

१) लिपपोत/रङरोगन:
वर्षातको समयमा घरभित्र रंग तथा इनामेल उप्किने, ढुसी पर्नेजस्ता कामले घर फोहोर भएको हुन्छ। तब वर्षात् समेत सकिएपछि आउने तिहारका बेला सम्पूर्ण घरको सफाइ गर्न र रङरोगन एवं लिपपोत गर्न आवश्यक छ। मान्यता अनुसार जहाँ बढी सरसफाइ र सुग्घर देखिन्छ, त्यही नै लक्ष्मीको वास हुन्छ।

२) वन्दनवर अर्थात् विशेष माला:
आँप वा पिपलको नयाँ नरम पातको मालालाई वन्दनवर भनिन्छ। यो प्रायः दीपावलीको दिन ढोकाको माथितिर बाँधिन्छ। यी पातहरूको मीठो सुगन्धबाट आकर्षित भएर देवताहरू घरमा प्रवेश गर्छन् भन्ने मान्यता नै यसको सुन्दर तथ्य हो।

३) दैलोलाई सुन्दर बनाउनुहोस्: 
दीपावलीमा मूलढोका र दैलोको धेरै महत्त्व छ। यदि दैलोमा टुटफुट भएको, चर्किएको छ भने यसलाई मर्मत गर्नुहोस् र बलियो एवं सुन्दर बनाउनुहोस्। हाम्रो घरमा कोही पस्यो भने दैलो पार गरेर मात्रै आउन सक्छ। सीधै घरभित्र पस्न सकिँदैन। लक्ष्मी भित्र्याउन पनि साजसज्जा गरेर दैलो र ढोका सिँगार्ने गरिन्छ।

४) रंगोली:
रंगोली वा मण्डला शुभदायक मानिन्छ। यस कलालाई चौसठी कलाभित्रै स्थान दिइएको पाइन्छ। चाडपर्व र धेरै शुभ अवसरहरूमा घर–आँगनलाई रंगोलीले सुन्दर ढंगले सजाइन्छ। यसो गर्नाले घर–परिवारमा सधैँ मंगल र सौभाग्य प्राप्त हुन्छ।

५) दियो/बत्ती:
परम्परागत दियो या बत्ती बाल्ने भाँडो माटोको मात्र बनाइन्छ। यसमा ५ तत्व छन्– माटो, आकाश, जल, अग्नि र वायु। हिन्दू रीतिरिवाजमा पाँच तत्वको उपस्थिति अनिवार्य मानिन्छ। त्यसैले माटोबाट बनेका पाला या बत्ती बाल्नुहोस्। अझ धनतेरसकै दिनबाट दियो र बत्तीहरु बालेर घरलाई उज्यालो बनाउनुहोस्। यो देखेर माता लक्ष्मी प्रसन्न हुनेछिन्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...