News Portal

एसपीको डिएनए रिपोर्ट म्याच नभएकै दिन कांग्रेसको मागले हँगामा !

हिमाली संचार संवाददाता
८०३ पटक

बेनी – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुन नरसिङ केसीले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा सरकारद्वारा गठित छानविन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

नेपाल प्रेस युनियन म्याग्दीको सातौं साधारणसभा तथा पाँचौ अधिवेशनलाई आइतबार बेनीमा उद्घाटन गर्दै नेता केसीले प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् । उनले कम्युनिस्ट शासन आएपछि देशको शान्ति सुरक्षाको अवस्था खस्कँदै गएको दाबी गरे ।

प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसले कम्युनिस्ट सरकारलाई दवाव दिँदै आएको छ । तर, सरकारले अटेर गरेर प्रतिवेदन सार्वजनिक गर्न मानेको छैन ।

‘छानविन समितिको प्रतिवेदन सार्वजनिक नगरेर सरकारले वास्तविकता लुकाएर पीडकले उन्मुक्ति पाउने वातावरण बनाएको छ’, कांग्रेस नेता केसीले भने, ‘प्रधानमन्त्रीको उत्तेजित र गृहमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिले शंका उब्जाएको छ ।’

जनतालाई कर र महँगीको भार थोपरेको भन्दै केसीले सरकारको कडा आलोचन गरेका छन् ।

यसैबीच, प्रेस युनियन म्याग्दीको अधिवेशनले राकेश शर्माको सभापतित्वमा प्रेस युनियन म्याग्दीको नयाँ कार्यसमिति चयन गरेको छ ।

बेनी अनलाईनका हरिकृष्ण गौतमलाई पाँच हजार रुपैयाँ राशीको प्रेस युनियन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...

देउवा–कोइराला भेट: नम्बरविहीन फारमले महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी

काठमाडौं, पुष १ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको...