News Portal

संसदीय विकास समितिको टोलीसँग हुम्लावासीको मागैमाग

हिमालीसंचार संवाददाता
३२३ पटक

राजन रावत,
सिमकोट। हुम्ला जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिहरुले संसदको विकास समिति तथा प्रविधि समितिको टोलीसँग सदरमुकाम सिमकोटलाई चाँडोभन्दा चाँडो राष्ट्रिय सडक सञ्जालमा जोड्न माग गरेका छन्। समितिका सभापति कल्याणी गुरुङ खड्कासहितको टोलीसँग बिहीबार जिल्लाका समस्याका बारेमा भएको छलफलमा सो माग गरिएको हो। छलफलमा हुम्लावासीको तर्फबाट विभिन्न माग प्रस्तुत गरिएको थियो।

छलफलमा सहभागी प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जनप्रतिनिधि, राजनीतिक दल र नागरिक समाजले एकैस्वरमा निर्माणाधीन कर्णाली करिडोरको हुम्ला खण्ड चाँडो सम्पन्न गरेर सदरमुकाम सिमकोटसम्म सडक पुर्याउन माग राखेको जानकारी दिए।

करिडोरअन्तर्गत कर्णाली नदीमा पर्ने साना–ठूला पुलको निर्माण कार्य पनि चाँडो सम्पन्न गर्ने व्यवस्था गर्न हुम्लावासीको माग छ। सडक निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ, खाद्यान्न समस्या र हालै वर्षाले जिल्लामा पुर्‍याएको क्षतिको राहतको व्यवस्था गर्न माग गरिएको छ। जिल्लाका केही बस्तीका घर जोखिममा रहेकोले पुनःस्थापनाको व्यवस्था गर्न पनि माग गरिएको छ।

हुम्लावासीको माग सुनिसकेपछि सभापति गुरुङले कर्णाली करिडोरको हुम्ला खण्ड निर्माण समितिको प्राथमिकतामा परेको बताइन्। समितिकै पहलमा करिडोरको हुम्ला खण्डको असजिलो भाग नेपाली सेनालाई निर्माण कार्य गर्न दिन सरकार तयार भइसकेकोले सडक निर्माण कार्यलाई तीव्र बनाउन सरकारको ध्यानाकर्षण गर्दै निर्देशन दिइने उनले जानकारी दिइन्।

यसअघि हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख विसुनदास लामाले करिडोरको हालसम्मको प्रगतिका बारेमा समितिका सदस्यहरुलाई जानकारी गराएका थिए। हालसम्म राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाको सडक निर्माणको अवस्था बुझ्न संसदको विकास तथा प्रविधि समितिको टोली हुम्ला आइपुगेको छ।

सडक निर्माणको कामले गति लिन नसकेको अवस्थामा समितिले चासो देखाएको हो। समितिका सदस्य रंगमती शाहीले काममा ढिलाइ भएकाले यसलाई कसरी चाँडो सम्पन्न गर्न सकिन्छ भन्ने सुझावसहित सरकारलाई निर्देशन दिने बताइन्। सिमकोट पुगेको टोली हिल्सा क्षेत्रमा पनि सडक निर्माणको अवस्था बुझ्न हेलिकोप्टरबाट पुगेको थियो। त्यसपछि हेलिकोप्टरबाटै टोली हुम्ला खण्डको बाँदरठेलामा उत्रेर सलीसल्लासम्म सडकको अवस्था बुझ्न पैदल मार्गबाट पुगेको थियो।

संसदीय टोलीले चंखेली गाउँपालिकाको लोती खोलामा निर्माण हुने पुलको बारेमा पनि बुझेको छ। हुम्ला खण्डको हेलिकोप्टरबाट अनुगमनपछि टोली मुगु पनि पुग्ने कार्यक्रम रहेको छ। टोलीमा सभापति गुरुङ, सासद शाही, यज्ञराज सुनुवारलगायत संसद सचिवालयका सदस्य र नेपाली सेनाका अधिकारीको सहभागिता रहेको छ।

टोलीले हुम्ला पुगेलगत्तै जिल्ला समन्वय समितिको सभाहलमा जनप्रतिनिधि, राजनीनितक दल, स्थानीय प्रशासन र नागरिक समाजसँग छलफल गरेको थियो। संसदीय टोलीलाई जिल्लावासीको तर्फबाट मागपत्र एमाले अध्यक्ष दलबहादुर रावलले पेश गरेका थिए।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...