News Portal

नेपाली सेनाको हेलिकप्टरमार्फत् ५ दिनदेखि सुत्केरी ब्यथा लागेकी महिलाको उद्दार

हिमालीसंचार संवाददाता
३१६ पटक

मुगु। 
पाँच दिन देखि सुत्केरी ब्यथा लागेर उच्च रक्तश्राप भई जिल्ला अस्पातल मुगुमा भर्ना भएकी महिलाको अस्पातलमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्दार गरिएको छ।

सुत्केरी ब्यथा लागेर अत्यधिक रक्तश्राप भएर मुगु अस्पतालमा भर्ना भएकी छाँयानाथ रारा नगरपालिका–१० झाकोटकी २१ वर्षिया मनिषा बुढाकाे सेनाको हेलीकप्टरमार्फत उद्दार गरि थप उपचारका आइतबार कर्णली प्रदेश अस्पातल सुर्खेत लगिएको छ।

हाल उनको सुर्खेतमा थप उपचार भइरहेको छ। पाँच दिन अघि अत्यधिक रक्तश्राप भई जिल्ला अस्पताल मुगु ठिनीमा उपचारका लागि उनलाई परिवारले भर्ना गरेको थियो तर, जिल्ला अस्पातलमा उनको उपचार गर्न सम्भव नभएपछि तत्काल राष्ट्रपति उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलीकप्टरमार्फत् थप उपचारका सुर्खेत लगिएको हो।

२१ वर्षिया बूढाले पहिलो सन्तानका रुपमा बच्चालाई जन्म दिन लागेकी थिइन् तर, बच्चा जन्मनका लागि समय नपुगको र बूढाको शरीरमा उच्च रक्तश्राप हुँदा हेमोग्लोबिन घटेको थियो। चिकित्सकले रगत कमी भएपछि रगत चढाउदा पनि हेमोग्लोविन बढेन।

शल्यक्रिया गरेर आमाको ज्यान बचाउन सकिने भएपनि बच्चाको ज्यान जोखिम हुने देखिएपछि चिकित्सकको सल्लाहबमोजिम जिल्ला प्रशासन कार्यालयको समन्वयमा हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएका उपचारमा संलग्न डाक्टर मिना काफलेले जानकारी दिइन्।

आइतबार बिहान १० बजे गृह-मन्त्रालयमा यसबारे जानकारी गराई तत्कालै सुर्खेतबाट हेलिकप्टर झिकाई थप उपचारका लागी सुर्खेत पठाईएको मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत बताउँछन्।

जिल्ला अस्पतालमा अहिले माथिल्लो निकायमा दक्ष डाक्टर नहुँदा पछिल्लो समयमा मुगु जिल्ला अस्पतालमा आएका जटिल प्रकृतिका बिरामीहरुको उपचार गर्नका निकै समस्या भएको देखिन्छ। प्रदेश सरकारमा धेरै पटक मुगुमा डाक्टर ल्याउनका लागि पत्रचार भए पनि अझैँ यसबारे कुनै व्यवस्था हुन सकेको छैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...