News Portal

वैदेशिक रोजगार विभागका महानिर्देशक काफ्लेमाथि कार्यकक्षमै हातपात

हिमालीसंचार संवाददाता
२९० पटक

काठमाडौं। 
वैदेशिक रोजगार विभागका महानिर्देशक (डिजी) दिपक काफ्लेमाथि बुद्धनगरस्थित कार्यालयभित्रै हातपात भएको छ। आइतबार बिहान कार्य कक्षमै डिजी काफ्लेमाथि दूव्र्यवहार भएको विभागका सूचना अधिकारी कमल ज्ञवालीले न्यूज २४लाइ जानकारी दिए।

उनका अनुसार डिजीमाथि कार्यकक्षमै हातपात गर्ने व्यक्ति पार्टीका कार्यकर्ता रहेका छन्। यस विषयमा डिजी काफ्लेलाई सम्पर्क गर्दा फोन उठेन। विभागका सूचना अधिकारी ज्ञवालीका अनुसार कार्यालयमा आएका समूहको कार्यशैली हिंस्रक थियो।

डिजी काफ्लेमाथि हातपात प्रयास गर्नेहरुलाई हाल बानेश्वर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। हातपात गर्ने व्यक्ति मादक पदार्थ सेवन गरेर पनि बताइएको छ। केही दिनअघि खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि सीके राउत नेतृत्वको पार्टीका कार्यकर्ताले हातपात गरेका थिए।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...