News Portal

‘अरुण वारी’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४७६ पटक

काठमाडौं – एक फरक एवम् ऐतिहासिक गीत भोजपुर जिल्लाका सेरोफेरो सम्बन्धि चरियत गीत चर्चित युवा संगीतकार आशकुमार राईको संगीत, गीतकार धिरज राईको शब्द रचना रहेको ‘अरुण वारी’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक म्युजिक भिडियो ‘अरुण वारी’ नेपाल म्युजिक अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो  । उक्त “अरुण वारी” बोलको गीतमा गायक तथा संगीतकार कृष्णभक्त राई, गायिकहरु कला राई, लीला राई र गायक रबिन्द्र राईको संयुक्त आवाज रहेको छ। उक्त गीतमा शब्द धिरज राई, संगीत आशकुमार राई र संगीत संयोजन कृष्णभक्त राईको रहेको छ ।

सार्वजनिक गीतको म्युजिक भिडियो स्टुडियो भर्सनमा तयार गरिएको छ। जसमा रेकडिस्ट मनोज सामसोन राई,मिक्सिङ र साउन्ड रेकर्ड राजु कार्कीले गरेका हुन् । किङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो छायांकन तथा सम्पादन नरोत्तम पाण्डेले गरेको हुन ।

भोजपुर जिल्लाका ९ स्थानीय निकायहरु मध्येका दुई नगरपालिकाहरु षढानन्द नगरपालिका र भोजपुरा नगरपालिका भित्र ७ गाउँपालिकाहरु साल्पासिलिछो गापा, ट्याम्केमैयुङ गापा, रामप्रसाद राई गापा, आमचोक गापा, अरुणा गापा, पौवाढुङमा गापा, हतुवागढी गाउँपालिकाहरु रहेको छन्।

त्यसैको ईतिहास, राजनीति, सभ्यता, प्रकृति, संस्कृति, जनजीवन सम्बन्धमा यस गीतमा भोजपुर जिल्लाको समग्र परिचयसहित गीतकारले चित्रण गरेका छन्। यस गीतलाई भोजपुर आन्को यात्रा  टिमले निमार्ण गरेको हुन । यो टिम भित्र जुझारु र जोशिलो युवाहरु रहेको छन ।

यहाँ म्युजिक भिडियो हेर्नुस् 

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...