News Portal

मोरङको कृषि विकास बैंकका प्रमुखले १ लाख घुस मागेको आरोप

हिमालीसंचार संवाददाता
३०४ पटक

रबिन्द्र बराल/मोरङ – कृषि विकास बैक रंगेलीका शाखा प्रमुखले सेवाग्राहिलाई ऋण दिए बापत सेवाग्राहीसंग १ लाख रुपैयाँ नदिने भएपछि ऋण स्वीकृति गर्ने आनाकानी भएपछि एक व्यपारीले मिडिया मार्फत हारगुहार गरेपछि अहिले कृषि विकास बैंक तरंगीत भएको छ।

मोरङको रंगेली नगरपालिका ७ मा रहेको कृषि विकास बैंकले कृषक तथा ब्यापारीहरु संग खुलेआम घुस माग गरेर ऋण दिने गर्ने गरेको खुलासा भएको छ।   

विपिन ट्रेडर्स र अटो लिंक संचालक विपिन कुमार मंण्डल र सचिन कुमार मण्डलले सॅचालनमा ल्याएको विपिन ट्रेडसले सुरुमा १४ बर्ष अगाडि १ लाख रुपैयाँ ऋण लिएर आफ्नो व्यवसाय संचालन गरेका थिए।

सुरुको दिनदेखि नै राम्रो ऋणी समेत मनिन्थे पछिल्लो समयमा आफ्नो घरजग्गालाई घितोमा राखेर उनले सोही बैकबाट २ करोड ३० लाख  रुपैयाँ व्यपारी प्रयोजनका लागि माग गरेका थिए।

एक महिना अगाडिदेखि कृषि बिकास बैकले ऋण दिने आश्वासन दिएपछि उनले कागजी प्रकृयामा १ देखि डेर लाख रुपैयाँ सम्म खर्च गरि सकेता पनि  तर असोज १३ गते उनले बैकमा सबै डकुमेन्ट समेत बुझाई सकेका थिए। सबै प्रकृया पछि उनले असोज १३ गते कार्यालय प्रमुख शम्भु साहले सो जग्गामा लगानी गर्ने सकिने तर १ लाखदेखि २ लाख रुपैयाँ रकम दिए मात्रै ऋण स्वीकृति गरिदिने भने पछि उनले कुनै रकम नदिने भनेपछि सो कुरा सतहमा आएको हो।

कृषि विकास बैकका प्रमुखले १० लाख रुपैयाँ ऋण दिदा २० हजार रुपैयाँ, १५ लाखमा २५ हजार रुपैयाँ, ३० लाखमा ५० देखि १ लाख रुपैयाँ सम्म र १ देखि २ करोडौंको  १ देखि २ लाख रुपैयाँसम्म  रकम लिने गरेको पडित बिपिन मंण्डलले बताए।

विपिन ट्रेडर्स र अटो लिंक संचालकका अनुसार  आफुले २ बिघा खेति योग्य जमिन, घर-घडेरी गरेर ५ करोडौं बराबरको सम्पति बैक जमिन धितो राखेर ऋणका लागि माग गरिएको भएता पनि बैकले भने मुल्यांकन कम भएको भन्दै उनलाई ऋण दिन आनाकानी गरेको छ। 

कार्यलय प्रमुखले दुई लाख दिए माथिल्लो निकायसम्म दिनुपर्ने भन्दै आफूसंग रकम माग गरेको आरोप समेत लगाएका छन। कार्यालय प्रमुख शम्भू साहलाई टेलिफोन सम्पर्क गर्दा उनले भने आफुले कुनै पनी रकम माग नगरेको र ऋण मुल्यांकन नपुगेका कारणले ऋिण दिन नसकिए उनले बताए।  

तर २० दिनदेखि दिने तयारीमा रहेको कृषि विकास बैकले अन्त्यमा आएर ऋण नदिदा रमक नदिएकै कारणले गर्दा ऋणि नदिएको बिपिन मंण्डलको बुझाई रहेको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...