आज : २०२६-०६-१५, सोमबार

एनआरएनएको नेतृत्वमा दूतावास कुवेत र विभिन्न संघसंस्थाबीच छलफल, हवाई भाडादर घटाउने

कुवेत सिटी।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(एनआरएनए) कुवेतको नेतृत्वमा कुवेतका विभिन्न सक्रिय संस्थाहरु र नेपाली राजदूतावासबीच हिजो(मंगलबार) राजदूतावासकै सभाहलमा गम्भीर बिषयमा छलफल भएको बताइएको छ।

छलफलमा न्युनतम तलबमा कुवेतमा काम गरिरहेका नेपालीहरु कोरोनाका कारण लामो समयसम्म स्वदेशमै रोकिएको र उनीहरुलाई पुन: रोजगारिमा फर्किन महङ्गो टिकटदर घटाउने, पछिल्लो समय कुवेतमा बढिरहेको लागू औषध ओसार-पसार तथा मदिरा उतपादनमा संलग्न नेपालीहरुको संख्यालाइ न्यूनीकरण गर्ने, कुवेतमा नेपाली श्रमिकहरुको चापलाई ध्यानमा राख्दै कुवेत एयरवेज वा, अन्य कुनै पनि एयरवेजद्वारा सिधा उडानको लागि पहल गर्ने, कुवेतबाट अनलाइन श्रम स्वीकृति गराउनेलगायत विभिन्न विसयमा गम्भीर छलफल भएको बताईएको छ।

 

View this post on Instagram

 

A post shared by Himali Sanchar (@himalisanchar)

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नेतृत्वमा भएको छलफल कार्यक्रममा कुवेतस्थित बिभीन्न राजनैतीक दलका भातृ संगठनका साथै केही सामाजिक संघ संस्थाका प्रतिनीधिहरुको उपस्थीति रहेको थियो।

उक्त छलफल कार्यक्रममा राजदूत दुर्गाप्रसाद भण्डारीले नेपालबाट आउने टिकटदर अत्यन्तै महङ्गो भएको र त्यसलाइ घटाउन सम्बन्धित एयरलाइन्स कम्पनीहरुसंग पहल गरि केही हदसम्म घटाईएको बताएका थिए।

अहिले जुन टिकट भाडादर छ त्यो पनि सामन्य न्युनतम तलवमा काम गर्ने हामी नेपालीहरुको हकमा बढी भएको र त्यसलाइ अझै कम गराउन नेपाली राजदूतावासको तर्फबाट पहल हुने राजदुत भण्डारीले भने। ३ सय ५० दिनार भन्दा बढी रहेको टिकटदर घटाएर ३ सयको हाराहारीमा बनाएको र त्यसलाई पनि घटाएर २ सय देखि २ सय २० सम्म बनाउने प्राथामिकताका साथ पहल गर्ने राजदुत भण्डारीले प्रतिबद्धता समेत ब्यक्त गरे।

साथै, कुवेतबाट जजिरा एयरवेज जस्तै अन्य एयरवेजबाट पनि सिधा उडान गराउन पहल भईरहेको र बिचमा विभिन्न किसिमका प्राविधिक समस्याहरु भएकोले उडान सुरु हुन नसकेको तर नेपाली दूतावास यस बारेमा निरन्तर फलोअपमा रहेको भण्डारीले बताए।

अनलाइन श्रम स्वीकृति सुरु भयो भनेर समाचारमा पढिरहँदा कुवेतवासी नेपाली श्रमिकहरुको लागि भने समाचारमा मात्रै सिमीत भएको छ। कोरोना भाइरसका कारण नेपाल जान नसकेर श्रम नविकरण नहुँदा वैदेशिक रोजगार विभागबाट भैपरी आउँदा पाउने सेवा सुविधामासमेत कटौती हुने स्थितिमा छ। यसबारे दूतावास किन मौन ? भन्ने प्रश्नमा राजदुत भण्डारीले यसबारे गम्भिरतापुर्वक लागिरहेको र निकट भविश्यमा नै कुवेतबाट अनलाइन श्रम स्वीकृति लिन सकिने ब्यबस्था लागु हुने बताएका थिए।

पछिल्लो समयमा बढेको नेपालीहरुको अवैधानिक हैसियतका नेपाली कामदारहरुलाइ सचेत रहन समेत आग्रह गरे। अहिले कुवेत सरकारद्वारा अवैधानिक कामदारको संख्या कम गर्न कुवेत प्रहरीलाई खटाएको र कुवेत प्रहरीद्वारा कुवेतको विभिन्न एरिया ब्लक गरेर धरकपड गरिरहेकोले यसरी अप्ठ्यारोमा नपर्न र विभिन्न संघसंस्था, मिडिया र सामाजिक अभियान्तहरुले पनि अवैधानिक नबन्न सामाजिक सञ्जाल तथा संचारका विभिन्न माध्यमबाट सचेत गराउन आग्रह गरे।

त्यसैगरी, टाढा टाढाबाट राजदूतावासबाट सेवा लिने सेवाग्राहीहरुले दूतावासको कुनै अपोइन्टमेन्ट सिस्टम नभएकोले त्यस्ता सेवाग्राहीहरुले नेपाली दूतावास कुवेतको फेसबुक पेजमा म्यासेज गरेर, हटलाइनमा सम्पर्क गरेर वा, इमेल मार्फत पुर्ण जानकारी लिएर दूतावास आउँदा सहज तरिकाले एकैपटकमा काम बन्ने पनि बताईएको छ।