News Portal

युरोपेली च्याम्पियन्स लिगमा पीएसजी र लिभरपलको जित

पोर्टोलाई लिभरपुलले ५-१ गोल अन्तरले हरायो

हिमालीसंचार संवाददाता
३३९ पटक

एजेन्सी – लियोनल मेसीले क्लबका लागि गरेको पहिलो उत्कृष्ट गोलमा पेरिस सेन्ट जर्मेन पीएसजीले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति म्यानेस्टर सिटीलाई २-० अन्तरले हराएको छ ।पूर्वविजेता लिभरपुल पनि अर्को खेलमा प्रभावशाली जित निकाल्न सफल रह्यो । तर उता रियल म्याड्रिड भने पराजित रह्यो ।

बार्सिलोना छाडेर पीएसजी आएयताको चौथो खेलमा मेसीले केयलिन एमबापेको सहयोगमा गोल गरेका हुन् । इड्रिस गुएले पीएसजीका लागि पहिलो गोल गरेका थिए। 

लिभरपुलले पोर्टोमाथि ५–१ गोल अन्तरको जितमा मोहम्मद सलाह र रोबर्टो फिरमिनोले दुई दुई गोल गरेका थिए । यस्तै, साडियो मानेले पनी एक गोल गरे ।

कीर्तिमान १३ पल्टको विजेता भने रियल भने सेरिफसँग आफ्नो घरेलु मैदानमा २–१ ले पराजित भएको हो । अर्को प्रमुख खेलमा एटलेटिको म्याड्रिडले एसी मिलानलाई २–१ हराएका थिए। यस्तै, आयाक्सले बेटिकटासलाई २–० क्लब ब्रुगले आरबी लाइपजिगलाई २–१ गोल अन्तरले हरायो भने बोरुसिया डर्टमुन्डले स्पोर्टिङलाई १–० गोल अन्तरको सामना गर्नु पर्यो । साख्तर डोनेस्क र इन्टर मिलानबीचको खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो। 

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...