News Portal

जन्मजातै मलद्वारा नभएका बच्चाको आर्थिक अभावले उपचारमा समस्या

हिमालीसंचार संवाददाता
६५९ पटक

रबिन्द्र बराल/मोरङ – आर्थिक अभावका कारण देवाराजलाई आफ्नो ४ बर्षका छोराको आर्थिक स्थिति कम्जोर भएका कारण उपचार गराउन सकेका छैनन् । उनको अबस्था गम्भीर हुदै गएको छ।

रंगेली नगरपालिका – ३ स्थित भलुवा झोडामा १० बर्षदेखि १५ घुर अैलानी जग्गामा बसोबास गर्दे आईरहेका देवराज मंण्डलका ४ बर्षका छोरा २०७४ भाद्र १ गते जन्मिएका बिक्रम  जन्म जातै उनको मलद्वारा नरहेको र टालिएको अवस्थामा जन्म भएपछि अहिले आर्थिक अभावका  उनको सल्यक्रिया हुन नसक्दा अहिले पेटको साईडमा प्वाल पारेर मलद्वारा जाने ठाउँ बनाएर जीवन र मरणको अवस्थामा बाच्न बाध्य रहेका छन । ४ बर्षदेखि उनको पेटमा घाउ लिएर बस्न वाध्य रहेका छन ।   

सानो झुपडी घरमा दुख सुख गरेर देवराज, उनको एक श्रीमती, ३ छोरीहरु सहित सोही घरमा बसोबास गर्दे आईरहेका छन। आर्थिक अभावकै कारण उनको तीनवटा छोरीहरुलाई पठनपाठनका लागि कपी कलम किन्नेर दिने अवस्था नभएको हुनाले छोरीहरु समेत बिधालय जान नमान्ने गरेको आमा पिङ्कि देवीले बताईन । 

अहिले छोराको उपचारका लागि आफुहरुले जन मजदुरी गरेर थोरै रकम जम्मा गरेर उपचार गरौ भने त्यो पनि बचत नहुने गरेको र घर खर्च समेत चलाउन हम्मेहम्मे परेको र टिचिङ अस्पताल काठमाडौमा ४ लाख रुपैयाँ खर्च गरिसकेको भएता पनि उनको उपचारमा भने कुनै सुधार नआएको बरु ऋण मात्र थपिएको बताईन् । 

छोराको उपचारका लागि जीवन बिकासबाट २ लाख ५० हजार रुपैयाँ, फरवड बैकबाट १ लाख रुपैयाँ  र गाउँ घरमा १ लाख ऋण लिएको त्यो ऋण समेत तिर्न अवस्था नरहेको पंकीले बताईन ।  

बैकबाट साता, साता दिनमा ७ हजार रुपैयाँ व्याज लिनका आउने गरेको भएता पनि आफुले सो ऋण समेत तिर्ने नसकेको र आफूहरुलाई दुई छाक टार्ने समेत समस्या परिरहेको र छोराको उपचारका लागि आर्थिक नहुदा अझै चिन्ता लागिरहेको उनले बताईन । 

रंगेली नगरपालिकाले सहयोगका लागि भन्दै ५ हजार रुपैयाँ दिएको र वडा कार्यालय ३ का वडाअध्यक्ष जितनारायण खवासले वडा कार्यालयको लेटर प्याडमा गाउँ घर तथा शहर बजारमा गएर आर्थिक सहयोग गर्नेका लागि पत्र समेत दिएर पठाएको देवराजले बताए । 

उनले भने ३ लाख रुपैयाँ संकलन गर्नेका लागि आफू कुन गाउँ र कुन सहरमा गएर रकम संकलन गर्नु भन्दै बिलौना गरिरहेका छन । डाक्टरको सल्लाह अनुसार 

एनल स्टेनोसिस गरिएको ठाउँमा दैनिकी ३ देखि ४ पटकसम्म सर्जिकल पंजा लगाएर घाउ सफा गर्नुपर्ने भएता पनि आर्थिक अभाव भएकै कारण सर्जिकल पंजा समेत किन्न पैसा नहुदा सो घाउ सफा गर्ने १० दिनमा एक पल्ट मात्रै सफाइ गर्ने गरेको बुबा देवराजले बताए ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...