News Portal

विदेशमा गैरकानुनी बसेकाको आपतकालीन उद्धारका लागि आवश्यक संरचना निर्माण गर्न सरकारसँग माग

हिमालीसंचार संवाददाता
५१६ पटक

काठमाडौं।
प्रतिनिधिसभाका सांसदले गैरकानुनी ढंगले वैदशिक रोजगारमा गएका नागरिकको आपतकालीन उद्धारका लागि आवश्यक संरचना तत्काल निर्माण गर्न सरकारसँग माग गरेका छन्। देवेन्द्र पौडेल, विमलप्रसाद श्रीवास्तवलगायतका प्रतिनिधिसभाका सांसदहरुले गैरकानुनी ढंगले विदेश गई मृत भएका नेपाली नागरिकको परिवारलाई सम्बन्धित पक्षबाट क्षतिपूर्ति उपलब्ध गराउने काममा पनि केन्द्रित हुन सरकारलाई सचेत गराए।

आईतबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद पौडेलले गैर कानुनी ढंगले गएका तर विभिन्न देशमा वेपत्ता भएका नागरिकहरुको खोजी गरी पीडितलाई न्याय दिने गरी आवश्यक संयन्त्रको निर्माण गर्न सरकारसँग माग गरे।

उनले एक वर्ष वितिसक्दा पनि त्यस्ता नेपालीहरुको शव ल्याउने व्यवस्था समेत नहुने गरेको उल्लेख गर्दै त्यस्तो अवस्था आउन नदिन पनि सरकारले आवश्यक संयन्त्रको निर्माण गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे।

‘जो व्यक्ति गयो, त्यो फस्यो नेपाली। अस्ती दुईटा शव बुझे मैलेँ। कुवेतबाट इराक जाँदाखेरी सिमानामा इराकको आर्मीले मारेको एक वर्ष भएछ। यहाँ पहल पनि गरियो। अव त्यो श्रम सम्झौंता नभएर गएको हुँदा त्यस्ता प्रकृतिका चाँही नेपालीहरुको बारेमा खोजिनीति गर्ने कुनै संरचना नभएको फिलिङ भयो। नजानु थियो, गयो। तर नेपाली त हो। उनको शव एक वर्षसम्म कसैले जिम्मा लिएको पनि छैन, बुझ्दा पनि बुझ्दैन। यस्ता प्रकृतिका केसहरुको बारेमा पनि खोजीनीति गरिदिने संरचनाको व्यवस्था गरियोस्। पीडितले ती निकायमा फलोअप गर्दाखेरी खोजीनीति हुन सकोस्,’ उनले भने।

समितिका सभापति समेत रहनु भएका सांसद श्रीवास्तवले बैदेशिक रोजगारीको क्रममा मृत भएका नागरिकका पीडित परिवारलाई सम्बन्धित रोजगारदाताबाट क्षतिपूर्ति दिलाउने व्यवस्थालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई सचेत गराए। उनले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन समितिले पनि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए।

यता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले अभिमूखिकरण कार्यक्रम समेत संचालन गरिरहेको समितिलाई जानकारी गराए। उनले भिजिट भिषामा गएका नेपालीहरुको भने आफ्नो मन्त्रालयसँग आवद्धता हुने व्यवस्था नभएकाले उनीहरुबारे जानकारी राख्न पनि समस्या भईरहेको बताए। सचिव गौतमले सरकारले श्रम स्विकृति नलिई कुनै पनि नेपाली नागरिकलाई वैदेशिक रोजगारी पठाउने नगरेको स्पष्ट पारे।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...