News Portal

बनगाड कुपिण्डे नगरपालिकाले अझै बजेट ल्याएन

हिमालीसंचार संवाददाता
३८४ पटक

सल्यान।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले अझै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन। असार १० गतेभित्र बजेट ल्याई सक्नु पर्ने संवैधानिक प्रावधान भएपनि जनप्रतिनिधिहरू बिच बजेट विनियोजनको विषयमा विवाद हुँदा बजेट आउन नसकेको हो।

विवाद मिलाउन पटक-पटक बैठक बसे पनि सहमति हुन सकी रहेको छैन। जनप्रतिनिधि बिचको विवाद र प्रमुख प्रशासकीय अधिकृत नहुँदा नीति तथा कार्यक्रम र बजेट ल्याउन समस्या भइरहेको उपमेयर मञ्जु ऐरीले बताउनु भयो। दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा तयारी भएपनि सम्पन्न गर्न गाह्रो भएको उहाँको भनाई छ।

गत वर्षका केही योजनामा रकम भुक्तानी नहुँदा जनप्रतिनिधिबिच विवाद भएको उपमेयर यरीको भनाई छ। उहाँका अनुसार केही कर्मचारीको नियुक्ति र तलब खुवाउने विषयमा पनि जनप्रतिनिधिबिच विवाद छ।

बहुमत वडा अध्यक्षहरूले प्रत्येक वडामा ८० लाखको सिलिङ नआएसम्म नगर सभामा बस्दैनौ भन्ने आएपछि बजेट आउन ढिलाइ भएको मेयर गोविन्द पुनले बताउनु भयो। तीन दिनसम्म बैठक बस्दा पनि वडाध्यक्षहरू ८० लाख बजेटभन्दा तल बजेट विनियोजन गर्ने विषयमा सहमतिमा नआएको उहाँको भनाई छ।

नगरपालिकाको सिमिति स्रोत साधन र विगतका योजनालाई पनि निरन्तरता दिनु पर्ने भएकाले उहाँको माग अनुसार बजेट हुन नसकेको भनाई छ। बजेट सीमा निर्धारण समितिले वडाको बजेट ५० लाख तोकी सकेको र अब कार्यपालिकाको बैठकबाट अनुमोदन गराई १०/१५ दिनमै बजेट आउने मेयर पुनका बताउनु भयो।

राजनीतिक खिचातानी र दलीय स्वार्थले चालु आर्थिक वर्ष नीति तथा कार्यक्रम र बजेट आउन नसकेको कृष्ण माध्यमिक विद्यालय देवस्थलका प्रधानाध्यापक शिखर ऐरीले बताउनु भयो।

समयमै बजेट नआउँदा यहाँको जनजीविका, शैक्षिक सुधार, विकास निमार्ण ठप्प प्राय भएको उहाँको भनाई छ। यथाशक्य चाँडो नगर सभा बसेर कर्मचारीको मागसँगै दैनिक प्रशासनिक कार्य अघि बढाउन उनले आग्रह गर्नुभयो। – नेपालासमाचारपत्र

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...