News Portal

कमेडी च्याम्पियन सिजन–२ विजेता भरतमणि पौडेल भए

हिमालीसंचार संवाददाता
३३७ पटक

काठमाडौं – कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल भएका छन् । गत शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।  

यस्तै, सेकेन्ड रनरअप सन्तोष थापा हुदै उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट रनरअप बिक्की अग्रवाल बन्न सफल भए भने टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरेका छन् । 

भरतमणिले  पूर्व युवराज पारस शाहको गेटअपमा दिएको प्रस्तुतिले निकै चर्चा कमाएको थियो । सोही प्रस्तुतिका करण भरतमणि  ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका थिए । भरतमणि ताप्लेजुङ जिल्लाका युवा हुन् भने सन्तोष गोर्खाबाट र विक्की भने भारतको सिक्किमबाट सहभागी भएका थिए । 

ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेको थियो भने हरिवंशले विजेताको घोषणा गरे भने सेकेण्ड रनरअपको घोषणा मदनकृष्णले गरेका थिए । सो अवसरमा आचार्यले कमेडी च्याम्पियन हास्यब्यङ्ग्यको क्षेत्रका लागि राम्रो प्लेटफर्म भएको बताए । कार्यक्रमले देशलाई संसारसँग जोडेको पनि उनले धारणा राखेका थिए। 

प्रतिकृया दिनुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...