News Portal

बिश्वकर्मा एकता समाज नेपाल कुवेतको अध्यक्षमा कुमार बराईली चयन

हिमालीसंचार संवाददाता
३५० पटक

कुवेत – बिश्वकर्मा एकता समाज नेपाल कुवेतको पाचौं वार्षिकोत्सव तथा अधिवेशन समारोह साथै बिस्वकर्मा पूजा कार्यक्रम सम्पन्न भएको छ। पाचौं अधिवेशनबाट अध्यक्षमा कुमार बराईली र रोलबहादुर बिस्वकर्मा महासचिव पदमा सर्वसम्मत चयन भएका छन।

कुवेत स्थित मङ्गाफ मेमोरिस हलमा १७ सेप्टेम्वर २०२१ शुक्रवारको दिन पाचौं अधिवेशन तथा विस्वकर्मा पूजा कार्यक्रम सम्पन्न भएको हो। बिस्वकर्मा एकता समाज नेपाल कुवेतका अध्यक्ष गम सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ कुवेतका अध्यक्ष रनध्वज लामा प्रमुख अतिथि रहेका थिए।

त्यसैगरी विभिन्न सङ्घ सस्थाबाट प्रतिनिधित्व गरि उपस्थित प्रतिनिधिहरु अतिथि रहेका कार्यक्रममा समाजका सचिव रोल बहादुर बिस्वकर्मा पुजारी रहेका थिए भने, संरक्षक जीवन सुनारले कार्यक्रम सचालन गरेका थिए।

प्रवासमा कार्यव्यस्तताको बाबजूद पनि बिस्वकर्मा बाबाको पूजा आराधनाको लागि कुवेतमा क्रियाशील संघसंस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीलगायत कुबेतमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उल्लेखनीय उपस्थित रहेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...