News Portal

रंगेलीमा निर्वाचित महिला जनप्रतिनिधि लक्षित चार दिने तालिम सम्पन्न

हिमालीसंचार संवाददाता
४९५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाको स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि लक्षित नेतृत्व र क्षमता विकास गर्ने उदेश्यले चार दिने तालिम सम्पन्न भएको छ।

निर्वाचित महिला सदस्यहरुको क्षमता र नेतृत्व विकास लागि आवश्यक पर्ने प्रक्रियाको विषयमा जानकारी दिन प्रारम्भिक चरणको तालिम सुरु भएको हो। स्थानीय तहमा निर्वाचित उनीहरुको निर्णय प्रक्रियामा सहभागिता, नेतृत्व परिचय, भूमिका र आत्माविश्वास बृद्धि गर्ने उद्देश्यले तालिम गरिएको छ ।  

मोरङको मेलिना गेष्ट हाउसमा उक्त तालिमको आयोजना गरिएको थियो । सो कार्यक्रममा दलित महिला केन्द्र नेपालले इन्टरनेशल फाउण्डेशन फर इलेक्ट्रोल सिस्टम संस्थासँगको सहकार्यमा मोरङमा रहेका ६ पालिकाहरुमा रंगेली, बेलबारी, कटहरी, ग्रामथान, केराबारी र लेटाङमा सो तालिमको आयोजना गरिएको दलित महिला केन्द्र नेपालका प्रशिक्षक उमेश बिकले हिमालीसंचार डटकमसंग बताए ।

मोरङको रंगेली नगरपालिकामा निर्वाचित २१ जना महिला जनप्रतिनिधिहरुलाई तालिममा सहभागीता गराएको थियो ।  कार्यक्रममा रंगेली नगरपालिकाका मेयर, उपमेयर केशब कुमारी खराल, कृष्ण भट्टराई, स्थानीय दिपेन्द्र थापा, हर्क पाैडेल, जगरनाथ मंण्डल, लगायतको उपस्थिति समेत रहेको थियो।  

महिला जनप्रतिनिधिहरुलाई तालिमको आयाेजना गरेको आयोजकलाई धन्यवाद समेत दिएका छन्। तालिममा क्षमता बिकास नगरी नेतृत्व गर्न नसकिने भएकाले ब्यक्तिगत क्षमता वृद्धि, अध्ययनले मात्र सफल नेतृत्व संभव हुने र असल गुणहरुको बिकास गर्न तालिमहरुले महत्वपुर्ण भुमिका निर्बाह गर्न आवश्यक रहेको सहभागीहरुले  बताए । 

तालिमलाई एनजिओ फेडेरेसन नेपालका सचिव उमेश बिश्वकर्मा र स्वस्तिका पोख्रेल, तेजीलाल लामाले सहजिकरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...