News Portal

फेरिए १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

हिमालीसंचार संवाददाता
४५७ पटक

काठमाडौं।
गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट १२ जना सीडीओलाई जिल्लामा सरुवा गरिएको हो। त्यस्तै ३ जनालाई भने मन्त्रालयमा तानिएको छ।

गुल्मीका सीडीओ रुद्रादेवी शर्मालाई भक्तपुर पठाइएको छ, भने पुण्यविक्रम पौडेललाई गुल्मी पठाइएको छ। यता मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ।

त्यस्तै, मोरङका सीडीओ कोषहरि निरौला मन्त्रालय तानिएका छन्। शंकर अर्याललाई गोरखा, काशिराज दाहाललाई मोरङ, दीपक पहाडीलाई रामेछाप र नुरहरि खतिवडालाई संखुवासभा पठाइएको छ।

आश्मान तामाङलाई चितवन, कृष्णा लम्साललाई धादिङ, वीरेन्द्र यादवलाई उदयपुर र ऋषि तिवारीलाई रुपन्देही पठाइएको छ। टेकनारायण पौडेल मन्त्रालय तानिएका छन्। त्यस्तै, टेकराज निरौलालाई दोलखा पठाइएको छ, भने वासुदेव घिमिरेलाई मन्त्रालयमा ल्याइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...