News Portal

अनील कोयी राईको “मेवा रसिलो” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
९६१ पटक

काठमाडौं – चर्चित युवा गायक तथा संगीतकार अनिल कोयी राई र भोइस अफ नेपाल सिजन-३ का फिनालिस्ट गायिका तारा शिरिस मगरको युगल आवाजमा “मेवा रसिलो” गायक अनिल कोयी राईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । 

नेपालको सागीतिक राजधानी खोटाङ पूर्वाञ्चलका चर्चित युवा संगीतकार अनिल कोयी राई विगत धेरै लामो समयदेखि गीत संगीत क्षेत्रमा काठमाडौंमा संघर्ष गरिरहेका युवा संगीतकार हुन्।  उनी स्वयम आफैले दर्जनौ गीतमा आफ्नो आवाज रेकर्डिङ गरि सकेका गायक पछिल्लो समय संगीतकारको रुपमा आफ्नो छुट्टै परिचय स्थापित गरेका छन्।  

उनले सानो उमेरमा छुट्टै आफ्नो पहिचान बनाउन सफल संगीतकार अनिल कोयी राईको संगीतमा नेपालका चर्चित गायक गायिकाहरुले धेरै गीत रेकर्डिङ गरि सकेका छन्। पछिल्लो समय लकडाउको समेत उनको ब्यास्तता ह्वात्तै बढेको छ। 

सार्वजनिक गीतका सर्जक खोटाङ बादेलका बर्ज खोटाङगे किरातीको शब्द रचना रहेको गीतमा अनिल कोयी राईको संगीत रहेको छ। काठमाडौं स्थित किङ स्टुडियोमा रेकर्डिस सुरेश राईले रेकर्ड गरेका गीतको ऐरेन्जर राजु कार्कीले गरेका हुन्। 

सार्वजनिक म्युजिक भिडियो दिनेश पराजुलीको छायांकनमा अप्सरा चाम्लिङ राईले श्रृगार गरेका म्युजिक भिडियो अमृत चापागाईले कलरिङ र इडिटिङ गरेका म्युजिक भिडियो जनता डिजिटल फ्लिमद्वारा बजारमा ल्याईएको हो। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...