News Portal

गायिका जुनी खालिङ राईको “जवानी मनलाई” म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित)

हिमालीसंचार संवाददाता
७४५ पटक

काठमाडौं – पूर्वाञ्चल धनकुटाकी चर्चित लोक गायिका जुनी खालिङ राई र गायक अशोक मुकारुङको संयुक्त आवाजमा “जवानी मनलाई” बोलको म्युजिक भिडियो गायिका जुनी खालिङ राईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरेकी छिन्।

पुञ्वाञ्चलको इटहरी स्टुडियोबाट रेकर्डिङ गर्दै आई रहेकी गायिका जुनी खालिङ राई गत सातादेखि राजधानी काठमाडौंका विभिन्न स्टुडियोमा ब्यास्त रहेकी छिन्। नेपाली गीत संगीतका मेघास्टार राई इच किङ नामले परिचित राजेश पायल राईसंग समेत आफ्नो आवाज रेकर्ड गराएकी गायिका जुनी खालिङ राईले राजेश पायल राईले समेत राम्रो सम्भावना बोकेकी कोकिल स्वरकी धनी भनेर तारिफ गरेका थिए। 

सार्वजनिक म्युजिक भिडियोमा गायिका जुनी खालिङ राई र गायक अशोक मुकारुङको मुख्य अभिनय रहेको गीतका शब्द रचना जीवन मुकारुङले रचना गरेका हुन्। श्रृगारमा दीपा खालिङले गरेका छन् भने दुर्गा बान्तावा र मनोज राईले छायांकन गरेका हुन्। 

सार्वजनिक म्युजिक भिडियो ज्यादै सुन्दर तारिफ योग्य रुपमा किरण रस्काले ड्रोन उडाएका हुन्। जीवन मुकारुङले भिडियो इडिटिङ गरेका गीतको रेकर्डिङ सेवा स्टुडियोमा रेकर्डिस्ट पदम राजन मगर र योगेन मुकारुङले गरेका हुन्। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

राजनीति जब निर्ममतामा उत्रीन्छ

– कमला थापा २०८३ वैशाख २ गते। पुराना राजनैतिक दलहरु फाल्गुन २१ को निर्वाचन पछि...

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...